२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किन सात दिन भित्रको स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नुपर्ने

१९ जेष्ठ २०७७, सोमबार ०७:४३

जेठ १९, काठमाडौं। कोरोना भाइरस (कोभिड १९) का कारण हाल विदेशमा अलपत्र अवस्थामा रहेकाहरुले नेपाल फर्किन स्वास्थ्य परीक्षणको प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ । 

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले तयार पारेको कार्ययोजनाको छैठौं बुँदामा हवाई उडानबाट आउने व्यक्तिको निजले साथमा लिइ आएको हवाई उडान अघि सात दिनभित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्रको चेकजाँच विमानस्थलमा गर्ने भन्ने व्यवस्था छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालको त्रिभुवन विमानस्थलमा खटिने टोलीलाई जिम्मेवारी तोकिएको छ । यो कार्यमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहयोग गर्ने समितिको निर्णय छ ।

यसैगरी विमानस्थलमा नै स्वास्थ्यको स्वघोषणा फारम भर्ने काम विदेशबाट आउनेहरुले गर्नुपर्ने छ भनें उनीहरुको ज्वरो नाप्ने काम पनि हुनेछ । यसअघि नेपाल फर्किनु पर्नेहरुको सूचि परराष्ट्र मन्त्रालयले तयार पारेपछि उडान अनुमति पर्यटन मन्त्रालयले दिने र यसमा परराष्ट तथा गृह मन्त्रालयको अध्यागमन विभागले सहयोग गर्ने जिम्मेवारी तोकिएको छ ।

विदेशबाट आउनेहरुलाई काठमाडौंमा राख्नका लागि बनाइने होल्डिंग सेण्टरको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ भनें क्वारेण्टिनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापनको जिम्मेवारी पनि सेनालाई नै रहेको छ ।

भारतबाहेकका मुलुकबाट आउने यात्रुले हवाई उडान भाडा, यातायात र होटलमा बसेमा त्यसको खर्च स्वयं व्यहोर्नु पर्नेछ । यसैगरी भारतबाट आउनेहरु यातायात र होटल क्वारेण्टिनको खर्च पनि स्वयं व्यहोर्नु पर्नेछ ।

उच्चस्तरीय समितिले तयार पारी मन्त्रिपरिषद बैठकले पारित गरिसकेको २६ बुँदे कार्ययोजनामा कार्यान्वयनका लागि नेपाल फर्काउने यात्रुको पहिचान, प्राथमिकिकरण, विवरण संकलन तथा सरोकारवाला निकायहरुमा उपलव्ध गराउन बढीमा १० दिनको समयावधि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य