२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट दैनिक १० जहाजबाट २५ सयसम्म नेपाली ल्याइने, प्राथमिकतामा नेपाल एयरलाइन्स

२०७७, २० जेष्ठ मंगलवार ०५:५७

जेठ २०, काठमाडौं । सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई दैनिक १० वटा जहाज उडानका दरले स्वदेश फर्काउने तयारी गरेको छ । मन्त्रिपरिषद्ले विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय गरेसंगै  दैनिक १० वटा जहाज मार्फत ल्याउने तयारी गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

पहिलो चरणमा एउटा देशमा एउटा विमान मात्र पठाइने छ प्रवक्ता घिमिरेले भने '१० वटा जहाजमा २५ सयलाई दैनिक नेपाल ल्याउने तयारी भएको छ, जहाजको सिट क्षमतको आधारमा २५ सय संख्या तलमाथि हुनसक्छ ।' धेरै नेपाली रहेका मुलुकबाट थप उडानमार्फत उनीहरुलाई स्वदेश ल्याइने प्रवक्ता घिमिरेले बताए । 

पछिल्लो मन्त्रिपरिषदको बैठकले नेपाली फिर्ता ल्याउने कार्यविधि गरिसकेको छ । सरकारले विदेशबाट आफ्ना नागरिक ल्याउन आफ्नै देशका विमानलाई प्राथमिकता दिने निर्णय पनि गरेको छ । नेपाल एयरलाइन्सलाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि नेपालका अरु वायुसेवा कम्पनीका विमानले प्राथमिकता पाउने छन् । अपुग भए मात्र अन्य मुलुकका विमान प्रयोग गरिनेछ ।   नेपालमा ल्याएर स्वास्थ्य परीक्षण गर्नु पर्ने, संक्रमण देखिए अस्पताल र नभए सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने छ। फर्किने व्यक्तिले उडानभन्दा अघि नै कोरोना संक्रमण नभएको स्वास्थ्य परीक्षण रिपोर्ट देखाउनु पर्नेछ।

नेपाल ल्याइसकेपछि हरेक प्रदेशका नागरिकलाई छुट्टाछुट्टै होल्डङ सेन्टरमा लगिनेछ । विमानस्थलमा उत्रिएपछि अध्यागमन र भन्सारको प्रक्रिया पूरा गरेपछि सीधै होल्डिङ सेन्टरमा लगिने छ । त्यहाँबाट नेपाली सेनाले सम्बन्धित प्रदेशका प्रतिनिधिको जिम्मा लगाउने छ।

१००.४ डीग्री फरेनहाइटभन्दा बढी ज्वरो आएकालाई आइसोलेसन कक्षमा र अन्यलाई नेपाली सेनाको संयोजकत्वमा सम्बन्धित जिल्ला सदरमुकामसम्म पुर्याउने  व्यवस्था गरिने छ। होल्डिङ सेन्टरमा उनीहरुको पालिकागत विवरण र सम्पर्क नम्बर संकलन गरिनेछ । मोबाइल नम्बर नभएकालाई निशुल्क सिम कार्ड उपलब्ध गराइनेछ ।

होटलमा बस्ने कि क्वारेन्टिन ?

विदेशमा नै सम्बन्धित देशका दूतावासले विवरण संकलन गरेर स्वास्थ्य, गृह, पर्यटन मन्त्रालय र कोरोना जोखिम व्यवस्थापन समितिमा उपलब्ध गराउनेछन् । सोही विवरणमा आफ्नै खर्चमा होटलमा बस्ने कि स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिनमा भन्ने प्रस्ट खुलेको हुनेछ । सोही विवरण अनुसार सेनाले होटल लैजाने वा क्वारेन्टिन भन्ने छुट्याउने छ । स्वदेश फिर्ता प्रक्रिया कुन दिनदेखि सुरु गर्ने भन्ने चाहिँ निर्णय भइसकेको छैन। देशभित्रको आवश्यक तयारी पुरा गरेर नेपालीलाई ल्याउने तयारी सरकारले गरेको छ ।

कस्ता व्यक्तिहरु नेपाल आउन सक्छन् ? 

१. सम्बन्धित देशमा विभिन्न कारणले सजाय तोकिएर माफी पाइसकेका व्यक्तिहरु

२. नेपाल आउन अनुमति प्राप्त भएका व्यक्तिहरु

३. जुनसुकै कारणले बर्हिगमन राहदानी पाएका व्यक्तिहरु

४. आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरु 

५. श्रम करार अवधि समाप्त भएर रोजगारी गुमाएका व्यक्तिहरु

६. कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएक व्यक्तिहरु 

७. सुत्केरी तथा गर्भवती महिलाहरु

८. बालबालिकाहरु

९. ज्येष्ठ नागरिकहरु

१०. अपाङ्गता भएका व्यक्तिहरु 

११. सरकारी सेवामा रही तालीम वा विदेशमा गएका व्यक्तिहरु (जो नेपाल आउन नपाएका छन)

१२. अध्ययन समाप्त भएका विद्यार्थीहरु

१३. कलेज वन्द भएका विद्यार्थीहरु 

१४. पारिवारिक पुनर्मिलनका लागि विदेश गएका जो फर्कन इच्छुक भएकाहरु 

१५. कम्पनीबाट अनिवार्य विदामा बसेकाहरु 

१६. अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत रहेर नेपाल आउनुपर्ने अवस्थामा रहनु भएका व्यक्तिहरु 

१७. पर्यटक तथा व्यापारी राहदानीमा गएका नेपालीहरु 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण