२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार्टर्ड जहाजमार्फत विदेशमै रोकिएका शव पनि ल्याउने तयारी, मृतकको घरसम्म निशुल्क पुर्याइने

२०७७, २० जेष्ठ मंगलवार ०६:५५

जेठ २०, काठमाडौं । सरकारले कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा रोकिएका शव ल्याउने निर्णय गरेको छ । नेपाली श्रमिकलाई ल्याउन चार्टर्ड उडान भएका बेला विभिन्न देशमा रोकिएका शव ल्याउने निर्णय गरिएको छ ।

कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितिमा नेपाल ल्याउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश आउन सहजिकरण गर्ने आदेश २०७७ मा जहाज चार्टर्ड भएका बेला अलपत्र शव पनि ल्याउने व्यवस्था परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिलाउनुपर्ने उल्लेख छ ।

शव ल्याउन लाग्ने खर्च सम्बन्धित रोजगारदाताले व्यर्होनु पर्नेछ । तर विशेष परिस्थितिमा शव ल्याउँदा लाग्ने खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट रकम चलाउन सकिने भनिएको छ । लकडाउनको अवधिमा कोरोनासहित अन्य कारणले खाडीका ६ देश मलेसिया, दक्षिण कोरिया लगायतका देशमा कार्यरत २ सय २७ जना नेपालीको ज्यान गएको वैदेशिक रोजगार वोर्डले जनाएको छ ।

कुन देशमा कति शव ?

गत शुक्रबारसम्मको अवधिमा सबैभन्दा धेरै साउदीमा ५८ जना नेपालीले ज्यान गुमाएका छन् । जसमध्ये चार जनाको कोरोनाको कारण ज्यान गएको हो भने बाँकीको अन्य कारणले ज्यान गएको बोर्डले जनाएको छ । साउदीमा ज्यान गुमाउने ११ जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । अहिले साउदीमा ४७ वटा शव रोकिएको छ ।

मलेसियमा यो अबधिमा ५१ जना नेपालीको विभिन्न कारणले ज्यान गएको छ । जसमध्ये चार जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । मलेसियामा ४८ वटा शव रोकिएका छन् । कतारमा ३७ जनाको ज्यान गएको बोर्ड तथ्याँक छ । जसमध्ये १० जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । अब कतारमा २७ वटा शव बाँकी छ । जसमध्ये कतारमा चार जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।


यस्तै यूएईमा यो अवधिमा ४८ जनाको ज्यान कोरोनासहित विभिन्न कारणले ज्यान गएको छ । जसमध्ये ३६ जनाको परिवारले उतै सदगतका लागि अनुमति दिएका छन् भने अब यूएईमा १२ वटा शव व्यवस्थापन गर्न बाँकी छ । यूएईमा ज्यान गुमाउनेमध्ये ९ जनाको कोरोनाको कारण ज्यान गएको बोर्डले जनाएको छ ।

कुवेतमा ११ जनाको ज्यान गएको छ । कुवेतमा ज्यान गुमाएका मृतकका आफन्त कसैले पनि अहिलेसम्म उतै अन्त्येष्टिका लागि अनुमति दिएका छैनन् । ११ वटै शव व्यवस्थापन गर्न बाँकी छ । बहराइनमा यो अवधिमा ५ जनाको ज्यान गएको छ जसमध्ये २ जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमित दिएका छन् । अब तीन वटा शव बाँकी छ ।

दक्षिण कोरियामा यो अवधिमा ज्यान गुमाउने चारै जनाको शव उतै अन्त्येष्टिका लागि अनुमति आएको बोर्डले जनाएको छ । यो अवधिमा ओमानमा १ र अन्य विभिन्न देशमा ११ जनाको ज्यान गएको छ । विभिन्न देशमा ज्यान गुमाउने ११ मध्ये ८ जनाका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । 

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएका नेपालीको शव मृतकको घर घरसम्म निशुल्क पुर्याउदै आएको छ । कोरोनाको महामारीका कारण मृतकका आफन्त शव बुझ्न काठमाण्डौ आउन सक्ने अवस्था नभएकोले परिवारसँग समन्वय गरेर विमानस्थलबाट घरसम्म शव पुर्‍याइने बोर्डले वोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण