२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किएकालाई आफ्नै गाउँमा सीप र रोजगारी : मुख्यमन्त्री राउत

२०७७, २० जेष्ठ मंगलवार १२:०१

जेठ २०, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विदेशबाट फर्किएका नेपालीहरुलाई प्रदेश सरकारले स–सम्मान आफ्नो गाउँघरमा राख्ने र सीप दिने वा सीप भएकालाई रोजगारी दिने योजना बनाउन लागेको बताएका छन् । श्रम रोजगार पत्रकार समुहले गरेको भर्चुवल अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले भारत सहित तेश्रो मुलुकबाट प्रदेश २ मा मात्रै करिव १० लाख नेपाली फर्कने अवस्था रहेकोले उनीहरुलाई स्वदेशमा नै कृषि तर्फ आकर्षित गर्नेगरि कार्यक्रम ल्याउन लागिएको बताए ।

कृषिका लागि ऋण दिने र उत्पादकत्व बढाउने गरी हामीले काम गर्दैछौँ राउतले भने 'उनीहरुको घर र खेत बन्धकीमा छ, ऋण तिर्न सकिएको छैन । प्रदेश सरकारले जो पीडित छन्, उनीहरुलाई रोजगारी र सिप दिने लगायतका काम गर्ने तयारी गरिरहेको छ । यस कार्यमा सरकार गम्भीर छ ।' 

'कोही भारत, कोही अन्य देश जाँदा यहाँ सामान्य खेती भएकाहरु पनि काम गर्न छाडिसकेका छन्, अब विदेशबाट फर्किएपछि कृषिको काम गर्छन्, उत्पादन बढ्ने अवस्था हुन्छ', मुख्यमन्त्री राउतले भने । यधपी प्रदेश २ मा मात्रै  झण्डै १० लाख मान्छे फर्किने अवस्था रहेकोले तिनको व्यवस्थापन चुनौतीपुर्ण रहेको उनले बताए ।

संघीय सरकारले हेरेन 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीविरुद्ध लड्न केन्द्र सरकारले समन्वय नगरेको आरोप लगाएका छन् । अहिलेसम्म प्रदेश सरकारले आफ्नै बलबुतामा कोरोनाविरुद्ध काम गरिरहेको भन्दै केन्द्र सरकारले प्रदेश २ लाई बेवास्ता गरेको गुनासो गरेका छन् ।

हाम्रो प्रदेशका स्थानीय तहलाई सोधिदिनुस् केन्द्र सरकारले के सहयोग गरेको छ? त्यतिबेला तपाईले जवाफ पाउनु हुनेछ उनले भने 'काठमाडौंको मन्त्रालय, मिडिया हाउस र बीआईसीसीमा बसेर भाषण गर्दैमा स्थिति सिध्रिदैन । संघीय सरकारले कोरोना रोकथामका लागि कति बजेट दियो ? कुन कुन पदाधिकारी स्थानीय स्तरमा पुगे ? कुन मन्त्रीले फोन गरे सोध्नुभयो पालिकाहरुलाई ? त्यसकारण अरुलाई निर्देशन दिएर मात्रै हुँदैन, स्थानीयस्तरको अवस्था पनि बुझ्नुपर्छ । उनीहरु पनि फिल्डमा आउनुपर्छ । आवश्यकमात्रामा बजेट पनि दिनुपर्छ ।'

अहिलेसम्म जति काम भएको छ यो सबै प्रदेश र स्थानीय तहकै जोडबलमा भएको मुख्यमन्त्री राउतले दावी गरे । 'हामीले सेना, प्रहरीसँग मिलेर क्वारेन्टिन तयार गरेका छौं, अस्पताललाई प्रदेशले नै बजेट दिएको छ, हरेक स्थानीय तहलाई हामीले नै रकम दिएका छौं,' उनले भने 'केन्द्र सरकारलाई सहयोग माग गर्दै पत्र पठाए पनि बेवास्ता गरिएको छ ।' संघीय सरकारले प्रदेश सरकारसँग मिलेर छुट्टै संरचना मार्फत समन्वयमा काम गर्नु पर्ने मुख्यमन्त्री राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण