२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईस्थित नेपाली दूतावासको यस्तो अनुरोध

२०७७, २२ जेष्ठ बिहीबार ००:५७

जेठ २२, काठमाडौँ | युएईस्थित नेपाली दूतावासले एकपटक भरिसकेको फारम दोश्रोपटक नभर्न त्यहाँ रहेका सबै नेपालीलाई अनुरोध गरेको छ । दूतावासको वेभसाइट र फेसबुक पेजबाट रजिष्ट्रेसन फारम दूतावासमा प्राप्त भएको जारी सूचनामा जनाइएको छ।

एकपटक भरिसकेको फारम पुनः पेश गर्न नसकिने भएकोले एकपटक भरिसकेपछि ढुक्क रहन दूतावासले अनुरोध गरेको हो। थप विवरण आवश्यकता भएमा सम्बन्धित ब्यक्तिले भरेको फारमको आधारमा टेलिफोन वा ईमेलमार्फत माग गरिने दूतावास अबुधावीले जनाएको छ।


नेपाल सरकार मन्त्रिपरिषद्ले हालै नेपाली नागरिकहरुलाई स्वदेश फर्कन सहजिकरण गर्ने सम्बन्धि कार्यविधि स्वीकृत भई विदेशमा रहेका नेपालीहरुलाई प्राथमिकताका आधारमा क्रमशः नेपाल लैजाने तयारी गरिरहेकोले उडानको मिति र तालिका प्राप्त हुनासाथ सबैलाई जानकारी गराउने दूतावासले जनाएको छ ।

दुतावासको सूचनामा नेपाल जानुअधि गरिने कोभिड–१९ परिक्षणको लागि युएई सरकारसँग दूतावासले समन्वय गरि मिति, समय र स्थानबारे उपयुक्त समयमा जानकारी गराउने उल्लेख छ। विभिन्न खाले भिसाको म्याद सकिएको हकमा कुनै चिन्ता नलिन दुतावासले अनुरोध गरेको छ । दूतावासले युएई सरकारले गत मार्च १ भन्दा पहिले भिसा सकिएको हकमा जुन १ बाट लागू हुनेगरि ३ महिनाभित्र स्वदेश फर्किएमा जरिवाना मिनाहा र मार्च १ पछि भिसाको म्याद सकिएको आप्रवासीको हकमा आगामी डिसेम्बर २०२० सम्मका लागि स्वतः नविकरण हुने र उडान नहुन्जेलका लागि पीडित नेपाली नागरिकहरुलाई बिगतका दिनहरु जस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाली समाज युएईको सहकार्यमा राहत वितरण गरिने जनाएको छ ।

तल हेर्नुहोस दुतावासले जारी गरेको सूचना 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण