२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसीसी कतारद्वारा कोरोना महामारीको कारण समस्यामा परेका नेपालीहरुलाई राहत वितरण (हेर्नुहोस् फोटोफिचर)

२०७७, २४ जेष्ठ शनिबार ०६:११

जेठ २४, दोहा। कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले पन्ध्रौं चरणको राहत प्रदान गरेको छ। परिषदले गठन गरेको उद्धार तथा राहत वितरण समितिले कतार सरकारको गृह मन्त्रालयद्धारा कतार च्यारिटीबाट प्राप्त खाद्यान्न पन्ध्रौं चरणमा कतारको विभिन्न ठाउँमा रहेका ३०१ जना नेपालीहरुलाई राहत प्याकेजको रुपमा बितरण गरिएको छ।

एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले समस्यामा परेका नेपालीहरुलाई निरन्तर राहत सहयोग उपलब्ध गराइएको र आगामी दिनमा पनि कार्यक्तम जारी रहने बताए । उनीहरुलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिएको गैरआवासीय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष एवं उद्धार तथा राहत समितिका संयोजक उत्तम गुरुङले जानकारी दिए।

यस राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार, आईसीसी मध्यपुर्ब सम्योजक प्रबिण गुरुङ्ग आईसीसी आईसीसी सदस्य रमेश भट्ट ,एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी महासचिव पदम गिरी, एनसीसी सह कोषाध्यक्ष तानबिर रोजा, एनसिसी सदस्यहरु झबिन्द्र आचार्य, गजेन्द्र राई, राजिक शेख, एनसीसी सल्लाहकारहरु चानक पोख्रेल, भेषराज पराजुली, उद्दार तथा राहत समिती सदस्य सुमन भारती, अर्जुन मुडवारी, नारायण ढुंगाना, सुनिल खतिवडा, पदमबहादुर रानाभाट, कृष्ण पन्थी, सबिन्द्र श्रेष्ठ, धर्बेन्द्र खड्का, दिप जङ्ग शाह, राकेश श्रेष्ठ, अजमत अलि, प्रकाश परियार, रमेश क्षेत्री र सुन्दर बस्नेतलगायत सबैले विशेष सहयोग पुर्याएको भन्दै धन्यवाद तथा आभर प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर साथ र सहयोगको एनसिसी कतारले अपेक्षा गरेको जनाइएको छ ।

एनआरएनए मध्यपुर्व संयोजक प्रविन गुरुङ्गले मध्यपुर्बका सबै एनसिसिका एनआरएनए पदाधिकारीहरुले आफ्नो स्वास्थ्यको पनि प्रबाह नगरी समस्यामा परेका नेपालीको उद्दार र राहत बितरणमा खटिएकोमा सबैलाई धन्यबाद दिदै जतिसक्दो छिटो समस्यामा परेका नेपालीलाई उद्दार गर्न सरकारलाई अनुरोध गरेका छन् ।

गुरुङ्गले आफुले पटक पटक आईसिसि मिटिङ्गमा पनि समस्यामा परेका कामदारका बारेमा जानकारी गराएको बताए उनले अब पनि सरकारले उद्दारमा ढिलाई गरे धेरै ठुलो समस्या आईपर्ने बताए सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेको कार्य स्वागतयोग्य भएको गुरुङ्गले बताए ।

हेर्नुहोस् फोटोफिचर



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण