२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसीसी कतारद्वारा कोरोना महामारीको कारण समस्यामा परेका नेपालीहरुलाई राहत वितरण (हेर्नुहोस् फोटोफिचर)

२४ जेष्ठ २०७७, शनिबार ०६:११

जेठ २४, दोहा। कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले पन्ध्रौं चरणको राहत प्रदान गरेको छ। परिषदले गठन गरेको उद्धार तथा राहत वितरण समितिले कतार सरकारको गृह मन्त्रालयद्धारा कतार च्यारिटीबाट प्राप्त खाद्यान्न पन्ध्रौं चरणमा कतारको विभिन्न ठाउँमा रहेका ३०१ जना नेपालीहरुलाई राहत प्याकेजको रुपमा बितरण गरिएको छ।

एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले समस्यामा परेका नेपालीहरुलाई निरन्तर राहत सहयोग उपलब्ध गराइएको र आगामी दिनमा पनि कार्यक्तम जारी रहने बताए । उनीहरुलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिएको गैरआवासीय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष एवं उद्धार तथा राहत समितिका संयोजक उत्तम गुरुङले जानकारी दिए।

यस राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार, आईसीसी मध्यपुर्ब सम्योजक प्रबिण गुरुङ्ग आईसीसी आईसीसी सदस्य रमेश भट्ट ,एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी महासचिव पदम गिरी, एनसीसी सह कोषाध्यक्ष तानबिर रोजा, एनसिसी सदस्यहरु झबिन्द्र आचार्य, गजेन्द्र राई, राजिक शेख, एनसीसी सल्लाहकारहरु चानक पोख्रेल, भेषराज पराजुली, उद्दार तथा राहत समिती सदस्य सुमन भारती, अर्जुन मुडवारी, नारायण ढुंगाना, सुनिल खतिवडा, पदमबहादुर रानाभाट, कृष्ण पन्थी, सबिन्द्र श्रेष्ठ, धर्बेन्द्र खड्का, दिप जङ्ग शाह, राकेश श्रेष्ठ, अजमत अलि, प्रकाश परियार, रमेश क्षेत्री र सुन्दर बस्नेतलगायत सबैले विशेष सहयोग पुर्याएको भन्दै धन्यवाद तथा आभर प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर साथ र सहयोगको एनसिसी कतारले अपेक्षा गरेको जनाइएको छ ।

एनआरएनए मध्यपुर्व संयोजक प्रविन गुरुङ्गले मध्यपुर्बका सबै एनसिसिका एनआरएनए पदाधिकारीहरुले आफ्नो स्वास्थ्यको पनि प्रबाह नगरी समस्यामा परेका नेपालीको उद्दार र राहत बितरणमा खटिएकोमा सबैलाई धन्यबाद दिदै जतिसक्दो छिटो समस्यामा परेका नेपालीलाई उद्दार गर्न सरकारलाई अनुरोध गरेका छन् ।

गुरुङ्गले आफुले पटक पटक आईसिसि मिटिङ्गमा पनि समस्यामा परेका कामदारका बारेमा जानकारी गराएको बताए उनले अब पनि सरकारले उद्दारमा ढिलाई गरे धेरै ठुलो समस्या आईपर्ने बताए सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेको कार्य स्वागतयोग्य भएको गुरुङ्गले बताए ।

हेर्नुहोस् फोटोफिचर



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य