२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विदेशबाट फर्काउने जिम्मेवारी रोजगारदाता र गन्तव्यमूलकको, नसक्नेलाई सरकारले ल्याउनु पर्दछ’

२४ जेष्ठ २०७७, शनिबार ०७:४३

जेठ २४, काठमाडौं । निवर्तमान श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा गएर कोभिड १९ का कारण अलपत्र परेका श्रमिकलाई नेपाल फर्काउने जिम्मेवारी रोजगारदाताहरु तथा गन्तव्य मुलुकको भएको बताएका छन् । शनिबार संसदमा बोल्दै उनले अप्ठ्यारोमा परेकाहरुलाई सरकारले नै ल्याउनु पर्ने बताएका हुन्  ।

कोभिड १९ का कारण विश्वमा करोडौं व्यक्तिले रोजगारी गुमाउने आईएलओको प्रक्षेपण प्रस्तुत गर्दै नेपालमा पनि १६ देखि २० लाख व्यक्तिले रोजगारी गुमाउन सक्ने उनले बताए । यसमा सरकार गम्भीर हुन जरुरी रहेको उनको भनाई थियो ।

वैदेशिक उत्पादन खपत गर्ने मुलुकका रुपमा रहेको नेपाललाई उत्पादनमुलक काममा लगाउनुपर्ने अवस्था छ उनले भने '३८ प्रतिशत श्रमिक जसले सवैभन्दा बढी काम गर्छन्, उनीहरु सवैभन्दा गरिव छन् ।'श्रम बजारको माग र जनशक्तिको आपूर्तिबीचमा तादात्म्यता मिलाउन सीपयुक्त जनशक्ति विकासका लागि सरकारले विनियोजन गरेको बजेट प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको उनको भनाई थियो ।

संसदमा बोल्दै नेपाली काँग्रेसकी साँसद डिला संग्रौला पन्तले विदेशमा रहेका जो श्रमिकले प्लेन चार्टर्ड तथा क्वारेण्टिनको खर्च व्यहोर्न सक्दैनन्, उनीहरुलाई सरकारले नै ल्याउनु पर्ने माग गरिन् । उनले सरकारले अभिभावकत्व प्रदान गर्न आवश्यक रहेको भन्दै सरकारले नेपाली श्रमिकलाई विदेशबाट ल्याउन थालेको बताइन् ।

छायाँ श्रम मन्त्री समेत रहेकी साँसद संग्रौलाले प्रधानमन्त्री रोजगार कार्यक्रम र आफ्नो गाउँ आफैं बनाउँ जस्ता कार्यक्रमले उत्पादन पनि नबढ्ने तथा वास्तविक श्रमिकले रोजगारी पनि नपाउने बताइन् । उनले सहुलियत ऋण दिने कार्यक्रम यस बर्षको बजेटमा पनि ल्याएको भन्दै तर गत बर्ष यस्तै कार्यक्रम झण्झटिलो प्रकृयाका कारण श्रमिकले प्राप्त गर्न नसकेको भन्दै यसबर्ष पनि त्यहि कुरा दोहोरिने हो की भन्ने आशंका व्यक्त गरिन् ।

उनले महामारीका कारण रोगले भन्दा पनि भोकले मर्ने अवस्था रहेको भन्दै न्यूनतम पारिश्रमिक पनि श्रमिकले पाउन नसकेको बताइन् । श्रमिकप्रति उद्योग प्रतिष्ठानहरुको मैत्रीपूर्ण व्यवहार भएको, सामाजिक सुरक्षा अत्यन्त कमजोर रहेको हुनाले बजेटमा उल्लेखित केवल सैद्धान्तिक कुराले मात्र श्रमिकको हित कसरी गर्न सकिन्छ भनेर प्रश्न गरिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य