२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट ल्याइएका आफ्नै खर्चमा बस्न चाहनेहरुका लागि तोकियो ४५ क्वारेन्टाइन होटल (सूचीसहित)

२४ जेष्ठ २०७७, शनिबार ०८:२९

जेठ २४, काठमाडौं।  सरकारले विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा बस्नेहरूका लागि होटलको सूची प्रकाशन गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४३ वटा होटलको सूची सार्वजनिक गरेका हो।

जसमा ४ तारेदेखि पर्यटकीय स्तरका होटल रहेका छन्। होटल संघ नेपालले सरकारलाई बुझाएको होटलको विवरणका अनुसार काठमाडौं जिल्ला प्रशासनले सूची जारी गरेको हो। सरकारले शुक्रबर्बार विदेशमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन थालेको छ । स्वदेश आएकाहरुलाई प्रदेश र स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ भने त्यसबापत खाना र बस्नको लागि खर्च व्यक्तिले व्यहोर्नुपर्दैन तर उक्त क्वारेन्टाइनमा बस्न नचाहने तथा आफ्नै खर्चमा नेपाल आएर आफैं खर्च गरेर क्वारेन्टाइनमा बस्न चाहनेलाई सरकारले होटलमा राख्ने निर्णय यसअघि गरिसकेको छ । 

कति लाग्छ रकम

चारतारे होटलको एक बेड भएको रुमका लागि ८ हजार र दुई बेड भएको रुमका लागि प्रति बेड ५ हजार ५०० रुपैयाँ  तोकिएको छ । यसैगरी तीनतारे होटलमा एक्लै बस्न चाहनेका लागि ६ हजार र २ जना बस्न चाहेनका लागि प्रतिव्यक्ति ३ हजार ५०० निर्धारण भएको हानले जनाएको छ।

यसैगरी दुईतारे होटलमा एक्लै  बस्न चाहेका लागि ५ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ तय भएको छ। यसमा चार पटकसम्मको  खाना र खाजा पनि समावेश हुनेछ।

एकतारेका हकमा भने एक्लै बस्न चाहेनेका लागि ४ हजार र दुई जना बस्दा प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ छ । साथै पर्यटकीय स्तरका होटलहरूको हकमा एक्लैको लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको भएको छ। यो मूल्यमा कर समेत जाडिएको हानले जनाएको छ।

हेर्नुहोस् होटेलहरुको सूची 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य