२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको प्रहरी हिरासतमा नै एक नेपालीको मृत्यु

२०७७, २५ जेष्ठ आईतवार ०५:३५

जेठ २५, काठमाडौं । प्रहरी हिरासतमा नै मलेसियामा एक नेपालीको गत मे ३१ तारिखको दिन मृत्यु भएको छ । धन बहादुर नामका ति नेपालीको जिनजाङ्गमा प्रहरी हिरासतमा मृत्यु भएको र उनको मुत्युको विषयमा कानूनी उपचार खोज्न सघाउने भन्दै स्थानीय एक संस्थाले मलेसिया स्थित नेपाली दूतावासलाई पत्राचार गरेको समाचार देशपरदेश अनलाइनले लेखेको छ ।

ईडीआइसीटी नामको सो गैरसरकारी संस्थाका अध्यक्ष एम विश्वनाथनले मलेसियाका लागि नेपाली राजदूत यदयराज पाण्डेलाई पत्र पठाउँदै धन बहादुरको परिवारको तर्फबाट मुद्दा लड्न तयार भएको जानकारी दिएका छन् । सो संस्थाले प्रहरी हिरासतमा हुने मृत्युको विषयमा पीडितलाई न्याय दिलाउन कानूनी सहयोग उपलव्ध गराउँदै आएको छ ।

पत्रमा मुद्दा लड्नका लागि मृतक धनबहादुरको परिवारसँग सम्पर्क गराईदिन तथा आवश्यक कागजात उपलव्ध गराइदिन आग्रह गरिएको छ ।

मलेसियामा आप्रवासी कामदारको अधिकारका पक्षमा कार्यरत संस्था नर्थ साउथ ईनिसिएटीभका कार्यकारी निर्देशक एड्रिन परेराले प्रहरी हिरासतमा मृत्यु हुनेहरुमा आप्रवासी कामदारको संख्या बढी हुने गरेको र यसका विषयमा गम्भीरतापूर्वक छानविन गरिनुपर्ने बताए । मलेसियामा सन् २०१७ मा २४ जना, सन् २०१८ मा ३२ जना तथा सन् २०१९ मा ३७ जनाको प्रहरी हिरासतमा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण