२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री लक्षित कांग्रेस सांसद सिंहको अभिव्यक्तिमा सत्यता छैन : व्यवसायी संघ

२०७७, २५ जेष्ठ आईतवार १४:०६

जेठ २५, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई जोडेर नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले दिएको अभिव्यक्ति प्रति आपत्ती जनाएको छ।

शनिबार आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेट अन्तर्गत श्रम मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै सांसद सिंहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादव माथि ५ सय १२ म्यानपावर कम्पनीहरुहरुसँग एक/एक लाख रुपैयाँ मोलतोल गरिरहेको आरोप लगाएका थिए । तर भनाईमा आपत्ति जनाउंदै संघले कानुनत प्रकृयामा रहेको विषयमा मन्त्रीलाई जोडेर अनावश्यक विवादमा तान्न खोजिएको जनाएको हो ।

श्रममन्त्रीले म्यानपावर व्यवसायीसंग ५ करोड घुस मागेको आरोप, वास्तविकता के हो ?

वार्षिक सय जना कामदार पठाउन नसक्ने म्यानपावरको इजाजत पत्र  खारेजी हुने वैदेशिक रोजगार ऐन २०६४ को व्यवस्था संसोधन गर्न मन्त्रिषरिषद् बैठकले गत चैत १६ गते प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार श्रम मन्त्रालयले प्रकृया अगाडि बढाएको संघको दावी छ ।

विद्यमान व्यवस्था कायम रहँदा ७५ प्रतिशत म्यानपावरको इजाजत पत्र नविकरण हुन नसक्ने अवस्था रहेको संघले जनाएको छ। ‘१७ महिना सरकारले मलेसिया पठाउन रोक लगाएको, २०७६ फागुन महिनादेखि श्रम स्वीकृती दिन बन्द गरिएको परिप्रेक्ष्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यवसायीलाई परेको मर्का बुझी यो प्रावधान निकास दिने प्रकृया सुरु गरेकामा माननीय मन्त्री  ज्युलाई लक्ष्यित गरि आएको अभिव्यक्ति र प्रकासित समाचारमा कुनै सत्यता नभएको जानकारी गराउँदै यस्तो अभिव्यक्ती र समाचारको नेपाल वैदेशिक रोजगार व्यवसायी संघ जोडदार खन्डन गर्दछ', संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण