२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले कतारको लागि तोकेको भाडादर झन्डै चार गुणा, एनआरएनए कतारद्वारा गम्भीर ध्यानाकर्षण

२०७७, ३० जेष्ठ शुक्रबार ०३:३३

योगेन्द्र योगी | जेठ ३०, दोहा | नेपाल सरकारले कतारबाट कोरोना भाइरस (कोभिड-१९) को कारण समस्यामा परेका नेपालीहरुको उद्दारको लागि तोकेको हवाई भाडादर प्रति  गैरआवसीय नेपाली संघ कतारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सर्व प्रथम त वास्तविक पीडित जो सङ्ग खानाको लागि खाद्यान्न समेत छैन उनीहरु सरकारले तोकेको भाडादर भुक्तान गर्न सक्दैनन् । गैरआवसीय नेपाली संघले कतार सरकार तथा त्यहाँका परोपकारी संस्था सङ्ग समन्वय गर्दै ४ हजार ८ सय बढी पीडितलाई खाद्यान्न बाढी सकेको छ अझै बाढने क्रम जारीको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षेत्री जानकारी दिएका छन् । 

कतिपय नेपालीलाई कम्पनीले नै बस्न र खाना ब्यबस्था गरि रहेका छ्न भने अन्य कति सहयोग मागेर वा साथी भाइआफन्त संग ऋण गरेर पनि गुजारा गरि रहेका छन् । खर्च बिहिन भएका त्यस्ता पीडितलाई नेपाल सरकारले नै भाडा भुक्तान गरि उद्दार गरिनु पर्दछ एनआरएनए कतारले भनेको छ ।

अन्यको हकमा(जस्को कम्पनीले टिकट काटिदिने वा आफै ब्यबस्था गरेर जाने) पनि सरकारले उद्दार उडान भनेर कतारको लागि  तोकेको भाडादर सामान्य अवस्थामा भन्दा झन्डै चार गुडा बढी  छ । त्यसकारण सरकारले तोकेको भाडादर तत्काकल परिमार्जन गर्न माग गरिएको प्रवक्ता क्षेत्रीले बताए । 

नेपाल सरकारले तोकेको भाडा दोहादेखि काठमाडौँसम्मको ५४५  अमेरिकी डल्लर अर्थात करिब ६५ हजार रूपैया पर्ने छ । 

जस अनुसार जेठ  ३२ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका तय भएको छ । 

नेपालीलाई आफ्नो देश फिर्ता ल्याउनको लागि स्वदेशका एयरलाइन्सलाई पहिलो प्राथमिकता दिईएको छ भने आवश्यकता अनुसार बिदेशी एयरलाइन्सले समेत उडान भर्नेछन् ।

पहिलो चरणमा ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने तय गरिएको छ । जस मध्ये नेपाल एयरलाइन्सले २४ उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १९ उडान गर्ने छ । बाँकी २४ उडान विदेशी जहाजले भर्नेछ । नेपाल सरकारको निर्णयअनुसार पहिलो चरणमा कतारबाट नेपालका लागि जुन १६ र १७ गरि दुई उडान गर्ने तय भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण