जेठ ३०, काठमाडौं। ओमानस्थित नेपाली दूतावासले सरकारले तोकेभन्दा कम शुल्कमा आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । दूतावासले विदेशमा अलपत्र परेका नागरिकलाई सरकारले तोकेभन्दा कम शुल्कमा स्वदेश फर्काउने भएको हो ।
सरकारले ओमानबाट नेपालको भाडा करिब ६१ हजार नेपाली रुपैयाँ तोकेको छ । तर, दूतावासले समस्यामा परेका नेपालीले त्यति महँगो रकम तिर्न नसक्ने भन्दै ११५ ओमानी रियलमा नेपाल ल्याउने भएको हो । यो रकम नेपाली रु ३६ हजार हुन्छ ।
दूतावासले यात्रा गर्ने समयमा कम्तिमा सात दिन भित्रको कोरोना नेगेटिभ रिर्पोट अनिवार्य रुपमा पेश गर्न भनेको छ । ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन् । ओमानमा समस्यामा परि स्वदेश फिर्ता हुन चाहने नेपालीहरुको लागि असार १, ४ र ७ गते उडान हुने तय भएको छ ।
कोभिड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077 तथा कार्ययोजना 2077 मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने प्रयोजनका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप यात्रा गर्ने समयमा कम्तिमा सात दिनभित्रको COVID-19 नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रावधान अनुसार ओमानबाट घर फिर्तीको लागि यस दूतावासमा विभिन्न माध्यमबाट नाम टिपाउनु भएका मध्ये प्राथमिकताका आधारमा दोस्रो उडान आउँदो जुन 21 मा सलाम एअर मार्फत हुने गरी तय भएको छ।उक्त उडानको एकतर्फी हवाइभाडा ११५ ओमानी रियल तोकिएको छ।
सम्बन्धित सबैले आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा (वा दूतावासको जानकारीमा भएबमोजिम तपसिलको तालिकामा उल्लेख गरिएबमोजिमका स्वास्थ्य संस्थाहरूमा) कोभिड-19 को PCR परीक्षण गराई नेगेटिभ रिपोर्ट प्राप्त हुनेहरूले सलाम एअरको कलसेन्टर 24272222 मा फोन गरी टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी प्राप्त गर्न सकिने छ। दोस्रो उडानको लागि दूतावासबाट टेलिफोन सम्पर्कमार्फत् निश्चित गरिएपछि मात्र कोभिड -19 को PCR परीक्षण गर्न सबैमा अनुरोध गरिन्छ।
यस सम्बन्धमा थप बुझ्न परेमा 71592490/71592506/71530840 मा सम्पर्क गर्न सकिनेछ।
नोटः
कोभिड-19 को PCR परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरूले नेपाल गए पश्चात सिधै घर (होम क्वारेन्टिनमा) जान पाइने समेत सबैलाई जानकारी गराइन्छ।
तपसिलः
S.No.
Place/Hospital
Contact No.
1.
Muscat / Al Bushra Medical Specialty Complex
97777252 Yaseen
2.
Muscat / NMC
91473626 Sunil
3.
Ruwi/ Abeer Hospital
91789183/Ganesh Prakash
4.
Burjeel Hospital Suhar Lifeline
93221096/26631111
5.
Burjeel Hospital salalah
93221083
6.
Burjeel Hospital Muscat
24399777
7.
Muscat / Badr Al-Sama
24488322/ 98201536/93991147
8.
Ruwi / Badr Al-Sama
98201536 /93991147
9.
Alkhuwair/ Badr Al-Sama
99676589 /92596994
10.
Al Khoud/ Badr Al-Sama
97862186
11.
Barka/ Badr Al-Sama
92860711/ 90298015
12.
Nizwa/ Badr Al-Sama
79491314 /98139606
13.
Suweiq/ Badr Al-Sama
97834146/ 71704333
14.
Suhar/ Badr Al-Sama
98476111/ 92989148
15.
Falaj/ Badr Al-Sama
94105262/96689655
16.
Sur/ Badr Al-Sama
98859923/96524807
17.
Salalah/ Badr Al-Sama
93321286/ 72246868
18.
Muscat / Al-Hayat
97049520
19.
Muscat / Gulf Specialization Centre
22081700
20.
Nizwa/ Nile Clinic
25426665/ 95050164 Abdullah
21.
Al-Buraimi Specialized Medical Centre
91346823 Mohamed
नेपाली राजदूतावास मस्कट, ओमान
29 जेठ 2077, (11 जून 2020, बिहीबार)