२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट स्वदेश फिर्ता हुने फ्लाइटको भाडा दोश्रो पटक घट्यो (नयाँ भाडादर सहित)

२०७७, ३१ जेष्ठ शनिबार १५:००

जेठ ३१, काठमाडौं । सरकारले विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घटाएको छ ।

चार्टर फ्लाइटको भाडा महँगो भएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले शुक्रबार केही भाडा घटाएको थियो तर त्यसको २४ घण्टा नबित्दै फेरि भाडा घटेको छ । 

भाडा घटाउन शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका अधिकारीहरूसँग छलफल गरेका थिए । भाडा घटाउन नेपाल एयरलाइन्स सहमत भएको छ भने हिमालयनले कुनै जवाफ दिएको छैन ।

मलेसिया र खाडीका गन्तव्यमा ९० देखि १०० डलरसम्म भाडा घटाइएको छ ।

यस्तो छ नयाँ भाडादर: 

मलेसियावाट काठमाडौँसम्मको भाडादर - ४६५ डलरबाट घटाएर ३७२ डलर तोकिएको छ ।

कतारको दोहाबाट काठमाडौँसम्मको भाडादर - ४९० डलरबाट घटाएर ३९२ डलर कायम गरिएको छ ।

दुबईबाट काठमाडौँसम्मको भाडादर - ४५० डलरबाट घटाएर ३६० डलर कायम गरिएको छ ।

साउदीको दमामबाट काठमाडौँसम्मको भाडादर - ५३० बाट घटाएर ४३० डलर कायम गरिएको छ । 

साउदीको रियादबाट काठमाडौँसम्मको भाडादर - ५६५ बाट घटाएर  ४६५ डलर कायम गरिएको छ । 

साउदीको जेद्दाबाट काठमाडौँसम्मको भाडादर - ६९० बाट घटाएर ५९० डलरमा झारिएको छ । 

ओमानदेखि काठमाडौँसम्मको भाडादर - ४६० बाट घटाएर ३६८ डलरमा झारिएको छ । 

बहराइनदेखि काठमाडौँसम्मको भाडादर -  ४९० डलरबाट घटाएर ३९२ डलर कायम गरिएको छ । 

कुवेतदेखि काठमाडौँसम्मको भाडादर - ५१० डलरबाट घटाएर ४१० मा झार्ने सहमति भएको छ । 

जोर्डनदेखि काठमाडौँसम्मको भाडादर - ७७५ डलरबाट घटाएर ६७५ डलर कायम गरिएको छ । 

साइप्रसदेखि काठमाडौँसम्मको भाडादर - ८३० बाट घटाएर ७३० डलर तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण