२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार ठप्प, तर विभागले भन्यो ‘५ लाख नगद धरौटी सहित नवीकरण गर्न आउनुस्’

२०७७, ३२ जेष्ठ आईतवार ०७:३४

जेठ ३२, काठमाडौं। वैदेशिक रोजगार विभागले नगद ५ लाख धरौटी राखेर नविकरण प्रक्रिया शुरु गर्न अभिमुखीकरण तालिम प्रादायक संस्थाहरुलाई अनुरोध गरेको छ । विभागले एक सूचना जारी गरी वैदेशिक रोजगार सम्बन्धित काम गर्ने सबै संस्थाहरुलाई नविकरण प्रक्रिया शुरु भएको जनाउंदै तालिम प्रादायक संस्थाहरुलाई अनिवार्य ५ लाख नगद धरौटी राख्न अनुरोध गरेको हो ।

सरकारले वैदेशिक रोजगार नियमावली संसोधन गर्दै तालिम प्रदायक संस्थाको हकमा ५ लाख नगद धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो । तालिम प्रदायक संस्थाले अब नवीकरण गर्दा अनिवार्य रुपमा नगद धरौटी बुझाएको भरपाई पेश गर्नुपर्ने विभागले जनाएको छ । कोरोना महामारीका कारण हाल वैदेशिक रोजगार ठप्प छ जसका कारण अहिले तत्काल नगद धरौटी राख्न समभव नभएकोले धरौटी राख्ने समय थप गरिदिन तालिम प्रयादक व्यवसायीहरुले माग गर्दै आएका छन् ।

विभागले इजाजतपत्र प्राप्त संस्था (म्यानपावर)हरु, अभिमुखीकरण तालिम प्रादायक संस्थाहरु, सीपमूलक तालिम प्रदायक संस्थाहरु, घरेलु कामदारलाई तालिम दिने संस्थाहरु र केयर गिभर सम्बन्धि तालिम दिने र पठाउने संस्थाहरुलाई नविकरणको लागि सूचना जारी गरेको हो ।

विभागको सूचनामा 'वैदेशिक रोजगार सम्बन्धि प्रचलित कानून बमोजिम स्थापना भई विभागबाट ईजाजतपत्र प्राप्त गरेका सनास्थाहरुलाई वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार  नियमावली, २०६४ र सम्बन्धित निर्देशिका एवम् कार्यविधि बमोजिम मिति २०७७ असार मसान्तभित्र सम्बन्धित कानूनमा उल्लेख भए बमोजिमको नवीकरण दस्तुर र तोकिएका कागजातपत्रहरु संलग्न गरी नविकरंका लागि निवेदन आव्हान गरिएको छ ।' 

वैदेशिक रोजगार विभागमा नविकरणका लागि जाने सेवाग्राहीहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, रीतपूर्वक सबै कागजात सहित फाइलमा संस्थाको नाम, संचालकको नाम र सम्पर्क नम्बर उल्लेख हुनुपर्ने नियम छ । नवीकरणका लागि जानेहरुले संस्थाबाट परीचय पत्र सहित अख्तियारी लिएर एक जना मात्र उपस्थित हुनुपर्ने समेत जनाएको छ । 

तल हेर्नुहोस् विभागले जारी गरेको सूचना 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण