२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनबाट नेपालीलाई स्वदेश ल्याइने मिति सर्यो, प्राथामिकतामा परेकाहरुले दुतावासमा सम्पर्क गर्नुहोला

२०७७, ३२ जेष्ठ आईतवार ०८:४५

जेठ ३२, काठमाडौं। बहराइनमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश ल्याइने उडान कार्यतालिका परिवर्तन भएको छ । बहराइनमा रहेको नेपाली दुतावासले आइतबार एक सूचना जारी गर्दै असार ३ गते हुने भनिएको बहराइन-काठमाडौं उडान असार ७ गते हुने जनाएको छ ।

बहराइनबाट काठमाडौंका लागि हुने अन्य उडान बारे पछि जानकारी गराइने दुतावासले जनाएको छ ।

हेर्नुहोस् दुतावासको सूचना 



ओमानबाट काठमाडौंका लागि हुने उडान तालिका पनि परिवर्तन भएको छ । ओमानबाट नेपालीको स्वदेश फिर्तीका लागि तोकिएको दोस्रो उडान तालिका तीन दिन अघि सारिएको छ । ओमानमा रहेको नेपाली दूतावासले यसअघि जुन २१ अर्थात असार ७ गतेको लागि तोकिएको उडान तीन दिनअघि सारेर जुन १८ अर्थात असार ४ गते हुने भएको छ । यो उडानमार्फत १८० जना नेपाली स्वदेश फर्कंदै छन् ।

साउदी र माल्दिभ्सबाट हुने उडान रद्ध

असार १ गतेदेखि साउदीबाट नेपाली लिएर आउने तय भएको पहिलो उडान रद्द गरिएको छ । असार १ गते हिमालय एअरले साउदीको दमामबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडान रद्द भएको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । पहिलो उडान नै अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको छ । 

उडान स्थगित भएपछि स्वदेश फर्कने प्राथमिकतामा परेकाहरुलाई कोरोना परीक्षण नगर्न दूतावासले अनुरोध गरेको छ । उडान किन रद्द भयो भन्ने बारे खुलाइएको छैन । यस्तै असार १ गते नै माल्दिभ्सबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हुने निश्चित भएको उडान पनि रद्द भएको छ । 

ओमानबाट नेपालका लागि हुने दोस्रो उडान तालिका परिवर्तन, हेर्नुहोस् फर्काइने १८० जनाको नामावली सहित

 असार १ मा साउदी र माल्दिभ्सबाट हुने उडान रद्ध, कोरोना परीक्षण नगर्न अनुरोध

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण