मिति : २०७७ असार १
सम्माननीय प्रधानमन्त्री ज्यू
विषय – वैदेशिक रोजगार
हाम्रो वैदेशिक रोजगार ब्यवसायीको पीडा कसले सुनिदिने हो ? कि तपाईंलाई हाम्रो ब्यवसाय सम्बन्धी राम्रो कुरा सुनाइदिने कोही छैनन ?
प्रधानमन्त्री ज्यू हामी पनि तपाईंका नागरिक हौ !!!!
अब असार मसान्त सम्म १०० जना कामदार यदी नपठाएको खण्डमा ब्यवसाय बाट पलायन हुनु पर्ने ऐन आको छ ! धेरै ब्यवसाय लगभग ५५० को हाराहरीमा लाइसेन्स नबिकरण नहुने अवस्थामा छ ! प्रधानमन्त्री ज्यू ऐनमा प्रत्यक २ वर्षमा एक आर्थिक वर्षमा १०० जना पठाएको हुनु पर्ने भन्ने आयो र लगत्तै नियमावली डोल मोटल गरी २ बर्ष लगातार पठाउनु पर्ने भन्ने कुरा आयो ! ठीक छ एन आयो नियमावली आयो त्यो सरकारको निर्णय हो तर यो २ बर्ष लाई यि सबै कुरा छुट दिनु पर्छ भन्ने हाम्रो समस्त ब्यवसायीहरुको माग हो ! माग गर्नुका यि कारण हरु छन !
१ सिन्डिकेट रोक्नेको नाममा १८ महिना मलेशिया पूर्ण रुपमा बन्द गरियो
२ अहिले भर्खरै काम शुरु हुने बेलामा कोरोनाको कारणले लगभग ४ महिना बन्द भएको अवस्था
यिनै कारणले गर्दा धेरै ब्यवसायले १०० पुर्याउन नसकेको हो !
३ यही बेलामा २ करोड धरौटी राख्ने नयाँ नियम आयो सबैले सर सापटी गरेर धरौटी राखियो ! के वैदेशिक रोजगार ब्यवसायीहरुको केही योगदान छैन यो राज्य लाई छैन भने सबै लाइसेन्स खारेज गर्दिए भयो प्रधानमन्त्री ज्यू ?
होइन भने अदालतले समेत यो अवधी लाई शुन्य समय मानिसकेको अवस्थामा वैदेशिक रोजगारलाई मात्र किन सधैं प्रहार !
प्रधानमन्त्री ज्यू लगभग ५१२ सस्था खारेज हुने अवस्थामा छन यही असार मसान्त सम्ममा !लगभग धरौटी मध्ये नगद २ अर्ब ५६ करोड र बैंक ग्यारेन्टी ७ अर्ब ६८ करोड ब्यवसायीहरुको २ वर्षलाई फ्रिज हुने अवस्थामा छ ! प्रधानमन्त्री ज्यू अहिले मन्त्रालयबाट पनि यो ऐन परिमार्जनका लागि बैशाखमा नै मन्त्रिपरिसदमा निर्णय भएर बसेको अवस्था छ ! अन्तिम अवस्थामा आउँदा सम्म पनि यो नबिकरणको विषयमा मन्त्रालयबाट केही आधिकारिक धारणा आउन सकेको छैन ! सबै ब्यवसायहरुको ब्यापार गर्ने अधिकार सुनिश्चित गरिदिनु पर्यो ! र साथ साथै सम्पूर्ण ब्यवसायी ज्यू हरु पहिला हाम्रो ब्यवसायी हो, राजनीति पछी हो र राजनीति पनि आवश्यक पनि छ ति निरन्तर चलि राख्छन र प्रत्यक २ बर्ष चुनावमा ब्यबसायीले छिनो फानो गर्ने नै छन !
अहिले पार्टीका सबै दल राष्ट्रका लागि एक जुट भएका छन ! तेसै गरी हाम्रा ब्यबसायीका लागि हामी एक जुट हौ ! हामीबाट पनि एस्तो बेलामा ब्यवसायीमा घात हुन्छ भने ति ब्यवसायीका आसुले सधैं पोली राख्ने छ !!
(प्रज्ञान न्यौपाने पूर्व अध्यक्ष नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार एशोसिएशन )