२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीलाई म्यानपावर व्यवसायीको पत्र

२०७७, १ असार सोमबार ११:५७

मिति : २०७७ असार १ 

सम्माननीय प्रधानमन्त्री ज्यू 

विषय – वैदेशिक रोजगार 

हाम्रो वैदेशिक रोजगार ब्यवसायीको पीडा कसले सुनिदिने हो ? कि तपाईंलाई हाम्रो ब्यवसाय सम्बन्धी राम्रो कुरा सुनाइदिने कोही छैनन ? 

प्रधानमन्त्री ज्यू हामी पनि तपाईंका नागरिक हौ !!!!

अब असार मसान्त सम्म १०० जना कामदार यदी नपठाएको खण्डमा ब्यवसाय बाट पलायन हुनु पर्ने ऐन आको छ ! धेरै ब्यवसाय लगभग ५५० को हाराहरीमा लाइसेन्स नबिकरण नहुने अवस्थामा छ ! प्रधानमन्त्री ज्यू ऐनमा प्रत्यक २ वर्षमा एक आर्थिक वर्षमा १०० जना पठाएको हुनु पर्ने भन्ने आयो र लगत्तै नियमावली डोल मोटल गरी २ बर्ष लगातार पठाउनु पर्ने भन्ने कुरा आयो ! ठीक छ एन आयो नियमावली आयो त्यो सरकारको निर्णय हो तर यो २ बर्ष लाई यि सबै कुरा छुट दिनु पर्छ भन्ने हाम्रो समस्त ब्यवसायीहरुको माग हो ! माग गर्नुका यि कारण हरु छन !

१ सिन्डिकेट रोक्नेको नाममा १८ महिना मलेशिया पूर्ण रुपमा बन्द गरियो 

२ अहिले भर्खरै काम शुरु हुने बेलामा कोरोनाको कारणले लगभग ४ महिना बन्द भएको अवस्था 

यिनै कारणले गर्दा धेरै ब्यवसायले १०० पुर्याउन नसकेको हो !

३ यही बेलामा २ करोड धरौटी राख्ने नयाँ नियम आयो सबैले  सर सापटी गरेर धरौटी राखियो ! के वैदेशिक रोजगार ब्यवसायीहरुको केही योगदान छैन यो राज्य लाई छैन भने सबै लाइसेन्स खारेज गर्दिए भयो प्रधानमन्त्री ज्यू ? 

होइन भने अदालतले समेत यो अवधी लाई शुन्य समय मानिसकेको अवस्थामा वैदेशिक रोजगारलाई मात्र किन सधैं प्रहार !

प्रधानमन्त्री ज्यू लगभग ५१२ सस्था खारेज हुने अवस्थामा छन यही असार मसान्त सम्ममा !लगभग धरौटी मध्ये नगद २ अर्ब ५६ करोड र बैंक ग्यारेन्टी ७ अर्ब ६८ करोड ब्यवसायीहरुको २ वर्षलाई फ्रिज हुने अवस्थामा छ ! प्रधानमन्त्री ज्यू अहिले मन्त्रालयबाट पनि यो ऐन परिमार्जनका लागि बैशाखमा नै मन्त्रिपरिसदमा निर्णय भएर बसेको अवस्था छ ! अन्तिम अवस्थामा आउँदा सम्म पनि यो नबिकरणको विषयमा मन्त्रालयबाट केही आधिकारिक धारणा आउन सकेको छैन ! सबै ब्यवसायहरुको ब्यापार गर्ने अधिकार सुनिश्चित गरिदिनु पर्‍यो ! र साथ साथै सम्पूर्ण  ब्यवसायी ज्यू हरु पहिला हाम्रो ब्यवसायी हो, राजनीति पछी हो र राजनीति पनि आवश्यक पनि छ ति निरन्तर चलि राख्छन र प्रत्यक २ बर्ष चुनावमा ब्यबसायीले छिनो फानो गर्ने नै छन ! 

अहिले पार्टीका सबै दल राष्ट्रका लागि एक जुट भएका छन ! तेसै गरी हाम्रा ब्यबसायीका लागि हामी एक जुट हौ ! हामीबाट पनि एस्तो बेलामा ब्यवसायीमा घात हुन्छ भने ति ब्यवसायीका आसुले सधैं पोली राख्ने छ !!

(प्रज्ञान न्यौपाने पूर्व अध्यक्ष नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार एशोसिएशन )


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण