२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईबाट १६ र १८ गते उड्ने भनिएका निर्धारित चार्टर्ड उडानहरु स्थगित

२०७७, १ असार सोमबार १४:२५

असार १, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (युएई) बाट नेपाल एयरलाइन्स मार्फत हुने चार्टर्ड उडानहरु स्थगित भएका छन् । युएईबाट नेपाल एयरलाइन्सले भोली १६ गते र १८ गते उडानहरु तय भएको थियो । तर प्राविधिक कारण देखाई ति उडानहरु स्थगित गरिएका छन् ।

युएई स्थित नेपाली दुतावासले सूचना जारी गर्दै जानकारी दिएको छ 'संयुक्त अरब इमिरेट्सबाट काठमाडौँको लागि १६ र १८ जुन २०२० (तदनुसार २०७७ असार २, मंगलवार र असार ४, विहीवार) का लागि तय भएका नेपाल एयरलाइन्सका चार्टर्ड उडानहरू प्राविधिक कारणवश हाललाई स्थगन भएको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । नयाँ उडान तालिका प्राप्त हुनासाथ जानकारी गराइनेछ ।' 

दुतावासले तत्काल हुने तय भएका दुई उडान के कारण स्थगित गर्यो भन्ने बारेमा खुलाएको छैन ।

पछिल्लो पटक सरकारले युएईमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ताको लागि नेपालसम्मको लागि चार्टर्ड उडान शुल्क ३६० डलर कायम गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण