२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियादबाट असार ७ मा उडान हुँदै, कोरोना जाँच र टिकटको लागि कहाँ सम्पर्क गर्ने ?

२०७७, ४ असार बिहीबार ०४:१९

योगेन्द्र योगी | असार ४, दोहा | रोना भाइरसका कारण साउदीमा अलपत्र परेका नेपालीहरुलाई नेपाल एअरलाइन्सको जहाज मार्फद आउँदो आइतबार अर्थात जुन २१ गते साउदीको रियादबाट चार्टर्ड उडान भर्ने साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४४५ जना नेपाली रहेको जनाएको छ । प्राथमिकतामा परेका नेपालीको सूची दूतावासले नेपाल एअरलाइन्सको प्रतिनिधिलाई दिइसकेको दूतावासले जनाएको छ । 

जहाजको टिकट काटेपछि मात्र कोरोना जाँच गराउन प्राथमिकतामा परेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ । रियादमा आफूलाई पायक पर्ने ठाउँमा गएर पनि कोरोनाको जाँच गर्न सकिने दूतावासले जनाएको छ ।

नजिकको स्थानबाट कोरोना जाँच गराउन समस्या भएमा कृष्ण भूषाललाई ०५९८२५६७१८ मा सम्पर्क गर्न दूतावासले भनेको छ ।

रियादबाट काठमाण्डौ लागि भाडा ४६५ अमेरिकी डलर अर्थात १७४४ साउदी रियाल तोकिएको तथा नेपाली ५६ हजार ५ सय हुने जनाएको छ ।

कम्पनीले टिकट नकाटिदिएमा आफ्नै खर्चमा काट्नु पर्छ । टिकट काट्न नेपाल एअरलाइन्सको आधिकारिक गिफ्ट ट्राभल एण्ड टुर का सुरेशराज त्रिपाठीलाई ००९६६५८०५९६१४० मा सम्पर्क गर्न दूतावास अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण