२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनबाट २५ जुनमा दोस्रो जहाज नेपाल आउने (स्वदेश फर्किने २९१ नेपालीको नामावली)

२०७७, ४ असार बिहीबार ०४:४६

योगेन्द्र योगी | असार ४, दोहा | कोरोना भाइरसको कारण बहराइनमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउनको लागि बहराइनबाट काठमाडौँका लागि आगामी २५ जुनमा दोस्रो उडानको मिती तय भएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार पहिलो चार्टर जहाजले २१ जुन आइतबारका दिन उडान भर्नेछ । दोस्रो उडानबाट उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा दूतावासले तयार गरिएको दूतावासले जनाएको छ । 

दोस्रो उडानका लागि प्राथमिकतामा २९१ जना परेका छन् । सो चार्टर उडानका लागि सेवा प्रदायक कम्पनी नेपाल एयरलाइन्सले अमेरिकी डलर ३ सय ९२ अर्थात करिब १४८ डिनार तोकेको दूतावासले जनाएको छ ।

स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अगाडि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण पिसीआर÷आरडिटी वा अन्यृ कुनै स्विकृत प्राप्त चिकित्सकबाट कोरोना लक्षण नदेखिएको फिट टु फ्लाइट प्रमाणपत्र ७ दिन म्याद रहने गरि साथमा राख्नुपर्ने दूतावासले जनाएको छ ।

यसरी फर्कने व्यक्तिले स्वदेश आइसकेपछि यातायात खर्च र होटल तथा क्वारेन्टिन खर्च आफैँले व्यहोर्नु पर्ने जानकारी गराइएको छ। उडान भर्ने बेलामा सबै यात्रुले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने दूतावासले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण