२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिमुखीकरण संस्था स्वतः नवीकरणको माग

५ असार २०७७, शुक्रबार ०४:३८

असार ५, काठमाडौं । नेपाल अभिमुखीकरण व्यवसायी महासंघले चालु आर्थिक वर्षलाई विपतको समय मानेर अभिमुखीकरण संस्थाहरुको स्वतः नविकरण हुने व्यवस्था गरी राहत प्रदान गर्न सरकारसँग माग गरेको छ । महासंघ अध्यक्ष राजाराम गौतमले प्रधानमन्त्रीको कार्यालयसहित विभिन्न कार्यालयको ध्यानाकर्षण गराउँदै उक्त माग गरेका हुन् ।

विगत तीन महिनादेखि लगातार भएको लकडाउनका कारण साना लगानीकर्ता व्यवसायीहरुको व्यवसाय बन्द भई घर भाडा, कर्मचारी खर्च तथा बैंकको किस्ता समेत व्यवस्थापन गर्न नसकेको भन्दै महासंघले थप राख्नुपर्ने भनिएको धरौटी बापतको रकम जम्मा गर्न सकिने अवस्था नरहेको बताएको छ ।

वैदेशिक रोजगार विभागले केही दिनअघि व्यवसायीहरुलाई धरौटी राख्न र आवश्यक सबै कागजात उपलब्ध गराउन सूचना जारी गरेको भएपनि लकडाउनको अवस्थामा तोकिएका सबै व्यवस्था गर्न असमर्थ हुने हुनाले राहत प्रदान गर्नुपर्ने महासंघको माग छ ।

महासंघले वैदेशिक रोजगार नियमावली २०६४ (पाँचौ संशोधन) को नियम २२ बमोजिम नगद ५ लाख धरौटी व्यवस्था संशोधन गर्नुपर्ने एकै व्यक्ति तथा एकाघर सदस्यले एकै उद्देश्यको २ संस्था खोल्न नपाउने व्यवस्था हटाउनुपर्ने माग गरेको छ । महासंघले रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदिय व्यवस्था मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मुख्य सचिव, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डको पनि यस विषयमा ध्यानाकर्षण गराएको छ । 

महासंघले विगत १७ वर्षदेखि वैदेशिक रोजगारमा जाने युवाहरुलाई सीपमुलक कार्यगत क्षमता अभिवृद्धि तथा जोखीम न्युनिकरणको लागि सहि सूचना प्रवाह गर्ने उद्देश्यले वैदेशिक रोजगार ऐन बमोजिम नेपालभर १ सय ५० वटा संस्था सञ्चालनमा रहेको उल्लेख गर्दै वैदेशिक रोजागर नियमावली पाँचौं संशोधनमा केही प्रावधान थप गरी हालको अवस्थामा असहजता थपिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य