साउदीको दमामबाट शनिबार हुने भनिएको उडान स्थगित

Posted on: 20 Jun, 2020

योगेन्द्र योगी | असार ६, दोहा | कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्तीको लागि आज शनिबार तय भएको साउदीको दमामबाट काठमाडौंको लागि हुने भनिएको हिमालय एयरलाइन्सको दोस्रो उडानको तालिका परिवर्तन भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले दिएको जानकारी अनुसार नेपाल एयरलाइन्सले प्राविधिक कारण भन्दै जुन २० तारिख शनिबार उडान भर्न नसक्ने जनाएपछि उडान तालिका परिवर्तन गरिएको जनाएको छ ।

शनिबार स्थागित भएको चार्टरउडान जुन २३ तारिखमा हुने भएको दूतावासले जनाएको छ । बिहीबार भएको पहिलो चार्टर उडानबाट १५३ जना नेपाली स्वदेश फर्केका थिए ।

दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ । रियादस्थित नेपाली दूताबास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेको दूताबासले जनाएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!