२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईबाट फर्केका ९४ जना गर्भवती बैधानिक हुन्, मिडियामा आएको भ्रम र यथार्थ

७ असार २०७७, आईतवार १५:०६

योगेन्द्र योगी | असार ७, दोहा | गत शुक्रबार संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टर उडान मार्फद १ सय ४८ जना नेपाली लिएर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको जहाज नेपाल फर्कियो ।

फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नेपाली श्रमिक हुन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका थिए ।

१ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक थिए भने ३ जना जेष्ठ नागरिक पनि थिए । सामाजिक संजाल प्रयोगकर्ताहरुले लगायत नेपाली मिडियाहरुले विभिन्न हेडलाइन राखेर समाचार प्रकासन गर्न पनि भ्याए ।  

सामाजिक संजालमा ब्यापक नकारात्मक सन्देश फैलाएको भन्दै एनआरएनए युएई उपाध्यक्ष पासाङ्ग शेर्पाले भने 'शुक्रबार नेपाल फर्केका ९४ जना गर्भवती चेलीहरु यो महामारीको समयमा युएईको महंगो प्रसुती खर्च जोगाउन वा आफ्नै देशमा आफन्त परिवार माझ सुलभ प्रसुती र हेरचाह हुन्छ भनेर फर्केका वैधानिक गर्भवतीहरु थिए ।' 

उपाध्यक्ष पासाङ्ग शेर्पाका अनुसार २७ जनाका त श्रीमानहरु पनि संगै फर्केका थिए भने अन्यका श्रीमानहरु एअरपोर्टसम्म छोड्न आएका थिए । बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु थिए । 

शेर्पाले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् 'दुबई एअरपोर्टमा म स्वयं र बिकाश शाही सबै यात्रुहरुको सहजीकरणको लागि खटेका थियौ भने हरेक यात्रुसंग हामीले आफै अन्तरक्रिया समेत गरेको हुनाले सामाजिक संजालमा देखिएको नकारात्मक टिप्पणीहरु आधारहिन भएको जानाकारी गराउनको साथै सबै बिकृत मानसिकताको उपजका कारण लेख्ने टिप्पणीकारहरुको तुच्छ सोचलाई हार्दिक श्रद्धाञ्जलीको लोप्पाले लोपारिदिएको जानकारी समेत गराउदछु ।'

तसर्थ आम संचार जगत बिशेष गरि नेपाली मिडियाले सत्य तथ्य बुझेर मात्र कलम चलाउदा उचित होला । सोच अलि बदलौ कसैको पनि चरित्र हत्या गरेर लाईक कमेन्ट बटुल्ने काम नगरौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य