२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईबाट फर्केका ९४ जना गर्भवती बैधानिक हुन्, मिडियामा आएको भ्रम र यथार्थ

२०७७, ७ असार आईतवार १५:०६

योगेन्द्र योगी | असार ७, दोहा | गत शुक्रबार संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टर उडान मार्फद १ सय ४८ जना नेपाली लिएर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको जहाज नेपाल फर्कियो ।

फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नेपाली श्रमिक हुन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका थिए ।

१ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक थिए भने ३ जना जेष्ठ नागरिक पनि थिए । सामाजिक संजाल प्रयोगकर्ताहरुले लगायत नेपाली मिडियाहरुले विभिन्न हेडलाइन राखेर समाचार प्रकासन गर्न पनि भ्याए ।  

सामाजिक संजालमा ब्यापक नकारात्मक सन्देश फैलाएको भन्दै एनआरएनए युएई उपाध्यक्ष पासाङ्ग शेर्पाले भने 'शुक्रबार नेपाल फर्केका ९४ जना गर्भवती चेलीहरु यो महामारीको समयमा युएईको महंगो प्रसुती खर्च जोगाउन वा आफ्नै देशमा आफन्त परिवार माझ सुलभ प्रसुती र हेरचाह हुन्छ भनेर फर्केका वैधानिक गर्भवतीहरु थिए ।' 

उपाध्यक्ष पासाङ्ग शेर्पाका अनुसार २७ जनाका त श्रीमानहरु पनि संगै फर्केका थिए भने अन्यका श्रीमानहरु एअरपोर्टसम्म छोड्न आएका थिए । बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु थिए । 

शेर्पाले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् 'दुबई एअरपोर्टमा म स्वयं र बिकाश शाही सबै यात्रुहरुको सहजीकरणको लागि खटेका थियौ भने हरेक यात्रुसंग हामीले आफै अन्तरक्रिया समेत गरेको हुनाले सामाजिक संजालमा देखिएको नकारात्मक टिप्पणीहरु आधारहिन भएको जानाकारी गराउनको साथै सबै बिकृत मानसिकताको उपजका कारण लेख्ने टिप्पणीकारहरुको तुच्छ सोचलाई हार्दिक श्रद्धाञ्जलीको लोप्पाले लोपारिदिएको जानकारी समेत गराउदछु ।'

तसर्थ आम संचार जगत बिशेष गरि नेपाली मिडियाले सत्य तथ्य बुझेर मात्र कलम चलाउदा उचित होला । सोच अलि बदलौ कसैको पनि चरित्र हत्या गरेर लाईक कमेन्ट बटुल्ने काम नगरौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण