२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३ महिनादेखि रोकिएको वैदेशिक रोजगारीको बाटो खुल्यो, प्रक्रिया पुर्याएर श्रम स्वीकृति दिइने

७ असार २०७७, आईतवार १५:३३

मनोज पराजुली ।असार ७, काठमाडौं । सरकारले कोरोना महामारीका कारण विगत ३ महिनादेखि रोकिएको वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अख्तियारी प्रदान गरेसंगै श्रम स्वीकृति दिनको लागे बाटो खुलेको हो ।

सीसीएमसी बैठकले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई विदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने उल्लेख गरेको थियो । सोहि अख्तियारीको आधरमा श्रम मन्त्रालयको सिफारिसका आधारमा विदामा आएका साथै नयाँलाई पनि श्रम स्वीकृति दिने निर्णय आएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले साझा सबाललाई जानकारी दिए । 'जापान लगायत खाडी देशका केहि कामदार भिषा भएर पनि श्रमस्वीकृति नपाएकाहरु रहेका थिए अब श्रम स्वीकृति पाउनेछन्' प्रवक्ता घिमिरेले भने ।

नयाँ कामदार पठाउनको लागि सम्बन्धित  देशसंग समन्वय गरेर गन्तव्य मुलुकमा पठाउने हिसाबले गृहकार्य शुरु गरेका छौं  प्रवक्ता घिमिरेले भने 'अब एकदुई दिनभित्र नै श्रम स्वीकृति खुल्छ ।' गन्तव्य मुलुकले कामदार लिएमा कामदार जानको लागि आवतजावत खुला भएको पनि उनले बताए ।

नयाँ र पुन श्रम स्वीकृति दिनको लागि बाटो खुलेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले सझासबाललाई जानकारी दिए । श्रम मन्त्रालयले मार्ग निर्देशन तयार गरेर विभागमा पठाएपछि श्रम स्वीकृति दिन शुरु गरिने दाहालले बताए ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो । उक्त निर्देशन पश्च्यात विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ प्रकारका श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

२ लाखको हाराहारी मागपत्र रहेका र २१ हजार श्रम स्वीकृति लिएर जान नपाएको अवस्था रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिष्णु गैहेले साझा सवाललाई बताए । मलेसियामा रोजगारदाता कम्पनीले आफ्नै मापदण्ड बनाउने तयारी गरेका बारे जानकारी प्राप्त भएको उनले बताए । विदेशमा रहेका नेपालीलाई रोजगारी गुमाउने अवस्था आउन नदिन पनि सरकारले कुटनीतिक पहल गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

सरकारले असार २१ सम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । जसका कारण नियमित उडान भने हुने छैनन् तर तत्कालका चार्टर गरि विदेशबाट कामदार ल्याइएका जहाज फर्कने बेलामा लागि कामदार जान सक्ने प्रवक्ता घिमिरेले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य