२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतबाट आममाफी पाएका १२१४ नेपाली स्वदेश फर्किए, आज पनि फर्कदै

८ असार २०७७, सोमबार ०३:३७

योगेन्द्र योगी | असार ८, दोहा | कोरोना सङ्क्रमण कारण  कुवेत सरकारले दिएको आममाफी पाएका १ हजार २ सय १४ जना नेपाली जजिरा एयरको  ८ वटा उडानमार्फत् काठमाडौं पुगिसकेका छन् । 

गत जेठ २९ गते पहिलो दुई उडानमार्फत् २९९ नेपाली स्वदेश ल्याइदिएको थियो।  जेठ ३० गते १४९, असार ३, ४, ५ र ६ गते हरेक दिन १५० जना र असार ७ गते १६६ जना नेपाली पुर्याइ दिएको हो । 

कुवेत सरकारले घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भाई हाल कुवेतको विभिन्न क्याम्पमा रहेका नेपालीहरूलाई स्वदेश फिर्तीको कार्य भइरहेको समेत कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासका अनुसार आममाफी पाई स्वदेश फर्कने नेपालीहरूलाई दूतावासका कूटनीतिक कर्मचारीको नेतृत्वको टोलिले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई तथा प्रस्थानपूर्व आवश्यक सहयोग र सहजीकरणको कार्य गर्दै आएको जनाएको छ ।

क्याम्पहरूमा रहेका बाँकी नेपाली दाजु-भाइ दिदी-बहिनीहरूलाई  पनि नेपाल तथा कुवेत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गरी क्रमशः स्वदेश फर्काउँदै लगिने र यथाशीघ्र यो प्रक्रियालाई टुङ्ग्याउने कार्यमा दूतावास क्रियाशील रहेको जनाएको छ । 

अतः क्याम्पमा रहनुभएका र क्याम्प बाहिर रहनुभएका बिभिन्न कंपनी तथा अन्य क्षेत्रमा कार्य गरी नेपाल फर्कनै पर्ने अवस्थाका दिदीबहिनी तथा दाजु भाइहरूलार्इ पनि शीघ्र नेपाल फर्काउन दूतावासले सम्बन्धित निकायहरूसँग परामर्श र समन्वय गरी रहेको र चाँडै उडान शुरू गर्न सघाउ पुर्याउने उद्देश्यले संभावित यात्रुहरूको नामावली समेत दूतावासले प्रकाशित गरेको साथै, छुटेकाहरूको नामावली पनि क्रमशः प्रकाशित गरिइदै लगिने जनाएको छ । 

आममाफी पाएका २ हजार ९ सय ९३ जनालाई कुवेत सरकारले २ महिना अगाडिदेखि छुट्टै सेल्टरमा राख्दै आएको थियो। कुवेत सरकारले आफैँ जहाज चार्टरमार्फत् उनीहरुलाई नेपाल पुर्याइ दिएको छ । सेल्टरमा अब १ हजार ७ सय ७९ नेपाली स्वदेश फर्कने पर्खिरहेका छन् भने आज पनि नेपाली लिएर जजिरा एयर काठमाडौँको लागि उडेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य