२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतबाट स्वदेश फर्कन लागेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना

९ असार २०७७, मंगलवार १०:५२

असार ९, काठमाडौं । कुवेतस्थित नेपाली दुतावासले नेपाल फर्कन लागेका नेपालीहरुलाई समयमै एयरपोर्ट पुग्नु हुन अनुरोध छ ।  विभिन्न समस्याका कारण आफ्नै व्यवस्थामा नेपाल फर्कनको लागि दूतावासमा नाम दर्ता गरी नेपाल स्थित हिमालय एयरलाइन्सबाट टिकट लिएका व्यक्तिहरुको आज हुने उडानका लागि समयमै एयरपोर्ट पुग्न आग्रह गरेको छ ।

दुतावासद्वारा जारी सूचना 

हिमालय एयरलाइन्सको उडान सम्बन्धी जरूरी सूचना ।

विभिन्न समस्याका कारण आफ्नै व्यवस्थामा नेपाल फर्कनको लागि दूतावासमा नाम दर्ता गरी नेपाल स्थित हिमालय एयरलाइन्सबाट टिकट लिएका तपसिलका व्यक्तिहरुको आज हुने उडान सम्बन्धमा प्राप्त हुन आएको विवरण आवश्यक जानकारीका लागि प्रकाशित गरिएको छ : 

स्थान : कुवेत एयरपोर्ट टर्मिनल १ (एक )

उडान कुवेत आइपुग्ने समय : २४ जुन २०२०, विहान ००: ४५ बजे (आज राती पौने एक बजे)

कुवेतबाट -काठमाडौं प्रस्थान समय : २४ जुन २०२०, (विहान ०२: १५ बजे)

(प्रस्थान उडान न H95714)

१) कर्फ्यु बाहेकको समय विहान ५ बजे देखि बेलुकी ७ बजे सम्म मात्र हुने भएकोले सो कुरालाई समेत ध्यानमा राख्दै समयमै एयरपोर्ट पुग्नु हुन अनुरोध छ।  

२) अधिकतम ब्यागेज २० किलो र ह्यान्ड ब्याग ७ किलो मात्रै भएको समेत जानकारी प्राप्त भएको छ। 

३) लकडाउनमा परेका फर्वानिया, माहबुल्ला, जिलिब आदि क्षेत्रमा बस्नेहरूलार्इ चेकिङ् हुने भएकोले पासपोर्ट र टिकट साथमा लिर्इ सुरक्षाकर्मिले मागेको अवस्थामा देखाउनु होला । यस सम्बन्धमा कुवेत सरकारका सम्बन्धित निकायलार्इ समेत जानकारी गराइसकिएको छ ।

(कुनै समस्या परे तत्काल सम्पर्कका लागि दूतावासका अरबी भाषा बोल्ने कर्मचारीहरू

क्यामिलिया, मोबाइल नम्बरः९०९०६४२२; इब्राहिमः मोबाइल नम्बरः ६६६७१५२७; मित्र बहादुर सिंजाली, मोबाइल नम्बरः ९९६८९२३१ को मद्दत लिनुहोला ।)

४) प्रस्थान पूर्वको स्वास्थ्य परीक्षणको लागि दूतावासबाट अनुरोध भैसकेकोले टर्मिनल १ (Terminal 1) को जोन चारमा (zone 4)आज बेलुकी ९ बजे भन्दा अगाडि नै पुग्नुहोला ।

५) स्वास्थ्य परीक्षण पछि प्राप्त हुने  प्रमाण अनिवार्य रूपमा साथै राख्नुहोला । यस सम्बन्धी जानकारी यस अघिका सूचना मार्फत समेत अवगत गराइसकिएको छ ।

नामावली हेर्नुहोस् 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य