२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् कतारबाट जुन २७ मा स्वदेश फर्कने १७४ जना नेपाली

१० असार २०७७, बुधबार ०३:२४

योगेन्द्र योगी | असार १०, दोहा | कोरोनाका कारण समस्यामा परेका नेपालीहरुलाई  २७ जुन मा नेपालका लागि दोश्रो उडान हुने कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले असार ४ गते निकालेको सूचनामा नेपाल एयरलाइन्सको दोश्रो उडानको मिति तय भएपछि जानकारी गराइने जनाएको थियो ।

उक्त उडान २७ जुन अर्थात् असार १३ गते हुने छ भने उक्त उडानबाट समस्यामा परेका १७४ जना नेपाली स्वदेश फर्किने दूतावासले जनाएको छ । फर्किनेहरुको सूची दूतावासले सार्वजनिक गरेको छ ।

उक्त उडान अनुमतति र यो सूचीमा परेका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट क्लियरेन्स प्राप्त गर्नका लागि आवश्यक पत्राचार भैसकेको र सो अनुमित प्राप्त भएपछि मात्र उडान गर्न सकिने दूतावासले जनाएको छ ।

हवाई टिकटका लागि नेपाल एयरलाइन्सको तोकिएको ट्राभल एजेन्टमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । साथै, हवाई भाडा, स्वास्थ्य परीक्षण लगायतका विषयमा यसअघि नै दूतावासले जानकारी गराईसकेको छ ।

दूतावासका अनुसार यस अघि २० जुनको नेपाल एयरलाइन्सको उडानको लागि नाम प्रकाशित भै तोकिएको उडानमा विविध कारणले जान नसकेका  यात्रुहरुले अब हुने उडानमा नेपाल जानका लागि उल्लेखित ट्राभल एजेन्सीसँग सम्पर्क गर्न सकिने जनाएको छ ।

साथै, यस उडानमा  सिट क्षमता नपुग भई प्रतिक्षा सूचीमा पर्नुहुने यात्रुहरुले एयरलाइन्सको पछिल्ला उडानमा यात्रा गर्न सक्नेछन् । त्यसैगरी पर्याप्त यात्रु नपुगेमा एयरलाइन्सले त्यसपछिका उडानका यात्रुलाई समावेश गर्न सक्ने दूतावासले जनाएको छ । यसअघि २० शव, आममाफी पाएका ४३ जना सहित ३३७ जना नेपाली स्वदेश फर्किसकेका छन् । आज पनि एक सय पचास जना नेपाली स्वदेश फर्कदै छन् । 

नामावली हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य