२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा समस्यामा परेका १८ सय ६९ नेपालीहरू स्वदेश फर्किए

२०७७, ११ असार बिहीबार ०८:५०

असार ११, काठमाडौँ । कुवेतमा कोभिड- १९ कारण समस्यामा परेका १८ सय ६९ नेपालीहरू स्वदेश फर्किएका छन्  । कुवेतस्थित नेपाली दुतावासका अनुसार हालसम्म १२ वटा उडान मार्फत १८ सय ६९ नेपालीहरू स्वदेश फर्काउने कार्य सम्पन्न भएको छ ।

हालको असहज अवस्थाका कारण स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका गर्भवती महिला, कोरोना बाहेकका गम्भीर रोग लागि विरामी परेकाहरु, नजीकको नातेदारको मृत्यु भइ मृत्यु संस्कारका लागि नेपाल जानु पर्ने व्यक्तिहरु, अपांगता भएका लगायतका व्यक्तिहरु स्वदेश फिर्ता भएका दुतावासले जनाएको छ ।


कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूको उद्दारको लागि २५ जून २०२० का दिन इतिहासमा नै पहिलो पटक नेपाल एयरलाइन्सको उडान नम्बर RNA2377/2378 को चार्टर्ड विमानद्वारा १४९ नेपालीहरू स्वदेश फिर्ता गर्ने कार्य सम्पन्न भएको छ ।

यस अघि  मिति २४ जून २०२० का दिन नेपालकै निजी क्षेत्रको विमान कम्पनी हिमालय एयरलाइन्सको उडान नम्बर H95714 को विमानद्वारा १५५ जना नेपालीहरू स्वदेश फर्कने कार्य सम्पन्न भएको थियो ।

हालसम्म नेपालका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले १-१ वटा उडान मार्फत जम्मा ३०४ जना र कुवेतको जजिरा एयरवेजले कुवेत सरकारले भिसा उल्लङ्घन गर्नेका लागि घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भएकाहरूका लागि संचालित १० वटा गरी जम्मा १२ वटा उडानबाट नेपालीहरु स्वदेश फर्काउने कार्य सम्पन्न भएको दुतावासले जनाएको छ ।


समस्यामा परी हवार्इ उडानबाट नेपाल प्रस्थान गर्ने नेपालीहरूलार्इ राजदूत, अन्य कूटनीतिक अधिकारी तथा राजदूतावासका कर्मचारीहरूबाट सहजीकरण तथा विदार्इ गर्ने कार्य भएको थियो ।

कुवेतमा समस्यामा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलार्इ स्वदेश फिर्तीको कार्य आउँदा दिनहरूमा समेत निरन्तर जारी रहने दुतावासले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण