२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साइप्रसबाट स्वदेश फर्कनेलाई कतार एअरलाइन्सले ल्याउने (नामावली सहित)

१२ असार २०७७, शुक्रबार १६:२८

असार १२, काठमाडौँ | साइप्रसमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ताको लागि कतार एयरलाइन्सले उडान गर्ने भएको छ । उक्त उडान जुलाई ३ को लागि तोकिएको इजरायलको लागि नेपाली दुतावासले जनाएको छ ।  

साइप्रसको लागि इजरायल स्थित दुतावासले साइप्रसबाट स्वदेश फिर्ता हुने नेपालीहरुको नामावली समेत सार्वजनिक गरेको छ । 

यसअघि जुन ३० मा नेपाल-साईप्रस बीच सीधा उडान हुने भनिएको नेपाल एअरलाइन्सको उडान रद्द भएको थियो । उक्त उडानको सट्टा कतार एअरलाईन्सको उडान जुलाई ३ मा दिउँसो २ बजे साईप्रसको Larnaca International Airport बाट हुने तय भएको दुतावासले जनाएको छ । दुतावासले संलग्न सूचीमा नाम भएकाहरुले आवश्यक तयारी गर्न अनुरोध गरेको छ । 

दुतावासले जुन ३० सम्म टिकट काटिसक्नुपर्ने बताएको छ । 

सार्वजनिक सूचना ! 

कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट सिर्जित असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको निर्णयबमोजिम साईप्रसबाट नेपाल फर्कन लाग्नुभएका नेपालीहरुलाई निम्न जानकारी गराउने उद्देश्यले यो सूचना प्रकाशित गरिएको छ । 

१) यस अघि जुन ३० मा नेपाल-साईप्रस बीच सीधा उडान हुने भनिएको नेपाल एअरलाइन्सको उडान रद्द भएकोमा उक्त उडानको सट्टा कतार एअरलाईन्सको उडान जुलाई ३, दिउँसो २ बजे साईप्रसको Larnaca International Airport बाट हुने तय भएको छ। कतार एअरलाइन्सको यस उडानमार्फत् साईप्रसबाट फर्कनुहुने नेपालीहरुको नामावली प्रकाशित गरिएको छ। (संलग्न सूचीमा नाम भएकाहरुले आवश्यक तयारी गर्नुहोला। जुन 30 सम्म टिकट काटिसक्नुपर्नेछ।३० जुन पश्चात अर्को सुचि प्रकाशन गरिनेछ)।

२) भाडादर साविक बमोजिम नै [साईप्रसका लागि ६४०।०० युरो (७३० अ.ड.)] रहेको छ। सूचीमा नाम प्रकाशित भएकाहरुले नेपालस्थित आफ्ना आफन्तमार्फत् हवाई टिकट काट्ने व्यवस्था मिलाउनुहोला, टिकटका लागि कतार एअरलाइन्सको अधिकृत विक्रेता Sea Links Travels का निम्नलिखित व्यक्तिहरूसँग सम्पर्क गर्नुहोला। (Viber र Whatsapp मा समेत उपलब्ध)

राम सापकोटा, फोन नं.- 9801093732

सबिना मानन्धर, फोन नं.- 9801093762

बिशिष्ट कोईराला, फोन नं.- 9801093735

सुश्मा लामा, फोन नं.- 9801093739

महिन्द्र सुवेदी, फोन नं.- 9801093797

दिनेश हुमागाईँ, फोन नं.- 9801093731

जगेन्द्र पौडेल, फोन नं. – 9801093738

Email: [email protected]

बैङ्क खाता विवरण:

Global IME Bank Ltd

Account Name: SEA LINKS TRAVELS AND TOUR P. LTD

Account Number: 0201010001220

NEW ROAD Branch

3) अन्तर्राष्ट्रिय हवाई उडानबाट स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अघि बढीमा ७ दिन अगाडि परीक्षण भएको कोभिड संक्रमण मुक्त प्रमाण (पी. सी. आर. वा आर. डि. टी. परीक्षण रिपोर्ट) साथमा राख्नुहोला। ३ जुलाईमा उडान हुने भएकाले (जुन २७ पछि गरिएको हुनु पर्ने )।

५) स्वदेश फर्कने हरेक व्यक्तिले आफ्नो स्वास्थ्य सम्बन्धी विवरण उल्लेख गरी क्वारेन्टाइनमा रहने सम्बन्धी स्व-घोषणा फारम विमानस्थलमा अनिवार्य रुपमा बुझाउनुपर्ने जानकारी प्राप्त भएकोले फारम भरेर साथमा लिनुहोला। (यो फारम ccmc.gov.np बाट डाउनलोड गर्न सकिनेछ।)

हस्तलिखित राहदानी भएको, राहदानी हराएको/च्यातिएको/कोरिएको कारण ‌प्रयोग गर्न नमिल्ने अवस्था छ भने यात्रा अनुमतिपत्रका लागि दूतावासलाई जानकारी गराउनुहोला। थप जानकारी वा कुनै जिज्ञासाका लागि दूतावासमा सम्पर्क गर्नुहोला।

टेलिफोन/ईमेलः ०३-५१००१११/ [email protected]

अर्जुन घिमिरे – फोन/WhatsApp/Viber: ०५२८२८९३००

प्रदीप सागर गिरी – फोन/WhatsApp/Viber: ०५४३३०६०७०

-नेपाली राजदूतावास, तेल अबिब, ईजरायल 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य