२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘४० पटक दूतावास पुग्दा पनि बेवास्था, १६२ पटकमा पनि उठेन फोन’

२०७७, १३ असार शनिबार १३:२८

असार १३, दोहा | नेपालले बैदेशिक रोजगारीमा गएकाहरुले पठाएको पैसाले अहिलेसम्म मुलुक चलाइरहेको छ भन्दा पनि फरक नपर्ला तर पनि समस्या पर्दा नेपाल सरकार तथा खाडीस्थित त्यहाँ खोलिएका दूतावासहरु प्रायजस्तो रमिते जस्तै बनेर बसिरहेका छन् । 

गत हप्ता एउटा भिडियो भाइरल भयो त्यो भिडियो थियो यूएईस्थित नेपाली दूतावासमा आफ्नो समस्या लिएर पुगेका शिव बच्चन शाहको उनी कार्यरत कम्पनीले कामबाट निकाली दिएपछि आफ्नो समस्याको पोका बोकेर दूतावास पुगे तर दूतावासका कर्मचारीहरुको रुखो बोली लगायत विभिन्न कारणले उनको समस्या सुनुवाई भएन । 

उनी काठमाडौँको एक मेनपावर मार्फत एक लाख पचास हजार तिरेर दुबई पुगेका थिए । कोरोनाको कारण कम्पनीले कामबाट निकालेपछि उनी अलपत्र परे । उनले सोचे बिदेशमा नेपालीहरुको एक मात्र सारथी भनेको दूतावास हो तर अहिलेसम्म ४० पटक दूतावास पुग्दा पनि बेवास्था गरेको उनी बताउछन् । 

यता नुवाकोटका कुल प्रसाद वस्तीको पनि समस्या उस्तै छ उनी पनि घरपरिवारको समस्याका कारण नेपाल फर्किन भनेर दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरे तर दूतावासले दोश्रो पल्ट प्रकाशित गरेको स्वदेश फर्किनै सूचीमा उनको नाम आएन् । 

उनी भनछन् दूतावासको नम्बरमा १६२ पटक फोन गरे एक पटक पनि दूतावासले फोन उठाउदैन अब के गर्ने ? धेरै युवाहरुको अहिले खाडी मुलुकबाट नेपाल फर्काउने क्रम चलिरहेको भए पनि वास्थबिक पिडितहरु भने खाडीमै रुमलिरहेका छन् । 

सरकारले उद्दार भने पनि टिकटको पैसा आफै तिर्नु पर्ने भए पछि अरु समस्या देखा परेको छ । पैसा हुनेले त टिकटको पैसा तिरेर आउने तर टिकट काट्ने पैसा नभएकाले के गर्ने खाडीका अधिकाम्स नेपाली श्रमिकहरुको अवस्था उस्तै छ ।

यता कतारमा रहेका मोहम्मद हानिफ मियाको पनि समस्या अरुको भन्दा कम छैन् । उनी पनि कतार आएको पाँच दिनमै बिरामी परे । त्यस पछि ८ दिन आईसियुमा बसेर उपचार गरे पछि कम्पनीले दुई महिना आराम गर्न भन्यो । 

पछि कोरोना सुरु भएसंगै कम्पनी पनि बन्द भयो र अहिले विगत चार महिना देखि उनी बेरोगारी भएर बसीरहेका छन् । बल्ल बल्ल  कम्पनीले नेपाल फर्कने टिकट मिलाई दिएको थियो । 

तर लकडाउन र उडान बन्द भए पछि टिकट काटेर बसेका उनी नेपाल फर्किन पाएनन् । उनले पनि कतारस्थित नेपाली दूतावासमा फोन गरे तर दूतावासको फोन उठेन् । 

एक पटक बल्ल बल्ल उठ्यो फारम भर्नु पर्छ भन्यो अनलाइन फारम पनि भरे अहिलेसम्म नाम आएन अब के गर्ने आफै अलमल पारेको छु । यता दूतावासले भने प्रथामिकता आधारमा नामावली प्रकाशित गरेको बताए पनि वास्थबिक पिडितहरु समस्या उस्तै छ । खाडीका प्रया जसो दुतावासहरुको फोन नउठ्ने उनको गुनासो छ ।

यता यी समस्या र गुनासो बारे सम्बन्धित दूतावासहरुमा सम्पर्क गर्दा सबै समस्याहरुको समाधान हुने र समाधान गर्ने प्रयास भैरहेको जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण