२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘धन ल्याउछु भन्दै उडेकाहरु’ यसरी फर्कन्छन् बाकसमा

१४ असार २०७७, आईतवार ०३:०८

योगेन्द्र योगी | असार १४, दोहा | आफ्ना इच्छा, चाहना वा आवश्यकता परिपूर्तिका लागि आफ्नो देश छाडेर रोजगारिका लागि अन्य मुलुक जानुलाई नै वैदेशिक रोजगारिका रुपमा लिइन्छ ।

नेपालमा औद्योगिक क्रियाकलाप अत्यन्तै कमजोर भएको र कृषिमा पनि समसामयिक आधुनिकीकरण गर्न नसक्नाले आयमा कमी हुँदा जीवन निर्वाह गर्न पनि कठिन परिरहेको छ । 

जसले गर्दा अहिले लाखौ नेपाली युवा वैदेशिक रोजगारमा जान बाध्य भइरहेका छन् र रोजगारी गएका युवाहरु मध्ये दैनिक एक जना त काठको बाकसमा फर्किने गरेका छन् । 

लोक गायक प्रकाश सपूतलेले भने जस्तै 'धन ल्याउछु भन्दै गएका थियौ, उडेर आकाशमा । कस्तो भइ गयौ, कस्तो भइ आयौ, काठको बाकसमा।' यो गीतलाई चरिथार्थ गर्दै सुन्दर सपनाहरु मनमा राखेर खाडी लगायत बिभिन्न देश पसेका नव जवान युवाहरु यसरी दैनिक काठको बाकसमा फर्किनु पर्दा कस्को मन नरोला र ?

यस्तै, कोरोना र अन्य विभिन्न कारणले खाडी लगायत मलेसियामा मृत्यु भएर रोकिएका ८७ वटा नेपाली कामदारको शव नेपाली पठाईएको खाडीस्थित नेपाली दूतावासहरुले जनाएका छन् । विदेशबाट नेपालीहरुको स्वदेश फिर्ती सँगै त्यहाँ रोकिएका शव पनि नेपाल पठाईएको हो ।  

नेपालमा लकडाउन भएपछि  कोरोना लगायत अन्य विभिन्न कारणले ४० जनाको मृत्यु भएको र हालसम्म २० जनाको शव नेपाल पठाईसकिएको छ भने ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न भईसकेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारमा अझै ११ जनाको शव रहेको छ । 

हालसम्म साउदीबाट २० वटा शव, मलेसियाबाट ३१ वटा शव, कुवेतबाट ७ जना शव नेपाली पुगिसकेको छ भने यूएईबाट ५ नेपालीको शव नेपाल पठाईसकिएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ ।

यस्ता, बहराइनबाट ३ वटा शव, ओमानबाट १ वटा शव पनि नेपाल पुगिसकेको छन् । अझै बाँकी कतारमा ११ जनाको शव, साउदीमा ५९ शव र मलेसियामा २३ शव बाँकी रहेको त्यहिँ स्थित दूतावासहरुले जनाएका छन् । यस्तै यूएईमा १४ जनाको शव, कुवेतमा ५ जनाको शव र बहराइनमा १ जना शव नेपाल पठाउन बाँकी रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य