२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईस्थित दूतावासले भन्यो ‘बदनाम गराउन भिडियो खिचियो’

१४ असार २०७७, आईतवार ०४:३६

योगेन्द्र योगी | असार १४, दोहा | विगत दुई हप्तादेखि विभिन्न मिडिया र सामाजिक सञ्जालमा भाइरल भएको भिडियो सुनियोजित र दूतावासलाई बदनाम गराउने उद्देश्यले भिडियो खिचेको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोनाका कारण कम्पनी बन्द भएपछि आफ्नो समस्या लिएर दूतावास पुगेका पिडित शिव वच्चन शाह रौनियार दूतावासका कर्मचारीसँग संवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल  भएपछि दूतावासको यस्तो प्रतिक्रिया आएको हो ।

रौनियार र उनिसँग सम्वन्धित केही भिडियो तथा प्रकाशित समाचार प्रति दूतावासको ध्यानाकर्षण भएको विज्ञप्ति जनाएको छ । दूतावासले उक्त भिडियो दूतावासलाई बदनाम गर्ने उद्देश्य सुनियोजित भएको एक बिज्ञप्ति मार्फत दूतावासले जनाएको छ ।

दूतावासले भनेको छ 'पिडित रौनियारले आफ्नो समस्या दूतावासमा राखे लगतै आफूहरुले सम्वन्धित कम्पनीसँग सम्पर्क गरि समस्या समाधानको पहल गरिरहेका थियौं ।' 

एनआरएनएसंग सहकार्य गरि  खान र बस्नको व्यवस्था गरेको र कोठासम्म पुग्ने खर्च समेत दूतावासले नै उपलब्ध गराएको दुतावासले जनाएको छ ।

नेपाल फिर्ताको लागि प्राथमिकताको आधारमा नामावली प्रकाशन भएको र हवाई टिकटको समेत दूतावासले व्यवस्था गरि नेपाल एयरलाइन्स मार्फत गत जुन २७ मा नेपाल फर्काउने तयारी गर्दा निज रौनियारको इमिग्रेसन समस्या भएर नेपाल फर्कन नसकेको तर दूतावासले आगामी ३० जुनमा नेपाल पठाउन लागेको विप्तिमा जनाएको छ ।

यता, यूएईबाट कोरोना लगायत बिभिन्न कारण स्वदेश फर्किन नपाएर बसेका हालसम्म एक हजार ८ सय ८९ जना नेपाली नागरिकहरुलाई स्वदेश पठाईसकेको दूतावासले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य