२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धन कमाएर सुन्दर घर बनाउने रामबाबुको सपनामा कालो बादल मडारिएपछि…

२०७७, १५ असार सोमबार ०३:१८

योगेन्द्र योगी | असार १५, दोहा | प्रायजस्तो बिदेशीने नेपालीहरुले सोचेका हुन्छन् धेरै पैसा कमाएर सुखी जीवन र सुन्दर भविष्य बनाउने अनि परिवारका सदस्यहरुको आवश्यकता र चहाना पूरा गर्न ठुलो सपना बोकेर गाउँमा बुढा बाबा-आमा र स-साना भाई-बहिनीहरुलाई छोडेर कतार आएका थिए सिराहाका रामबाबु महतो । 

आज भन्दा एकवर्ष पहिले कतारमा रहेका आफ्नै साथी भिसा पठायो, भिसा पठाए पनि नेपालमा एजेन्टलाई करिव एक लाख चालिस हजार बुझाएर रामबाबु कतार आइपुगे । 

उनलाई साथीले भनेका थिए 'काम सजिलै छ, तिमीले यहाँ ड्राइबर गर्नुपर्छ ।' तर कतार आएपनि उनले भने अनुसारको काम नभई सडकमा बेल्चा चलाउने काम पाए । उनले सोचे 'अब के गर्नु अर्काको देशमा आएपछि जस्तो भए पनि गर्नैपर्यो ।' 

ठिकै छ, अब जसो-तसो यहि बेल्चा चलाउने काम भएपनि गर्छु, एक वर्ष पुरा गरेर घर फर्किन्छु, नभैदै एक बर्ष पनि पुरा भयो । उनले काम गर्दै आएको कम्पनीमा रिजाइन दिएर थोरै जम्मा गरेको पैसाले टिकेट काटेर घर फर्किने तयारी गर्दैगर्दा त्यतिकैमा कोरोनाका कारण लकडाउन भएर हवाई उडान बन्द भयो । 

उडान बन्द भएपछि उनी स्वदेश फर्किन नपाउँदा निकै तनाव थिए । 'त्यहिँ बेला कतारस्थित नेपाली दूतावासले कोरोनाको रोजगारी गुमाएका, कतारी आइडी सकिएर बसेकाहरु लगायतकालाई स्वदेश फर्किने भए अनलाइन फारम उपलब्ध गराएको थियो, मैले पनि त्यो फारम भरें' उनले भने ।

दूतावासले प्रकाशन गरेको पहिलो चरणको स्वदेश फर्कनैपर्ने भनेर निकालेको लिस्टमा उनको पनि नाम आयो तर अहिलेसम्म उनी स्वदेश फर्किन पाएका छैनन् । 

उनी भन्छन् 'दूतावासमा फोन गर्दा पहिला गर्भवती महिला, जेष्ठ नागरिक पठाईसकेपछि मात्र अरुको पालो आउँछ, आफ्नो पालो आएपनि के गर्नु ? पहिला थोरै पैसा जम्मा गरेको थिएँ, अब कोसंग पैसा मागेर टिकेट कट्नु ? आफू संग पैसा छैन्' उनले भने । 

'अब यहाँ बसेर के गर्नु गर्नु ? जसो-तसो साथीभाईसंग पैसा खोजेर पनि जानै पर्यो, यहाँ कति दिन अरुको बसेर खाना खानु' उनले भने । उनले दु:खित हुँदै भने – 'विदेश गएर धन कमाएर सुन्दर घर बनाउला बाबा-आमा र भाई बहिनीलाई राम्रोसंग शिक्षा लिने सपना खुला आकाशमा कालो बादल मडारिएझैँ भयो सपनाहरु एक्कासी कालो बादल मडारिन पुग्यो ।'

पैसा हुनेले त टिकटको पैसा तिरेर स्वदेश फर्केलान्, तर टिकट काट्ने पैसा नभएकाले के गर्ने रामबाबुको जस्तै छ खाडीका अधिकांश नेपाली श्रमिकहरुको पीडा । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण