२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धन कमाएर सुन्दर घर बनाउने रामबाबुको सपनामा कालो बादल मडारिएपछि…

१५ असार २०७७, सोमबार ०३:१८

योगेन्द्र योगी | असार १५, दोहा | प्रायजस्तो बिदेशीने नेपालीहरुले सोचेका हुन्छन् धेरै पैसा कमाएर सुखी जीवन र सुन्दर भविष्य बनाउने अनि परिवारका सदस्यहरुको आवश्यकता र चहाना पूरा गर्न ठुलो सपना बोकेर गाउँमा बुढा बाबा-आमा र स-साना भाई-बहिनीहरुलाई छोडेर कतार आएका थिए सिराहाका रामबाबु महतो । 

आज भन्दा एकवर्ष पहिले कतारमा रहेका आफ्नै साथी भिसा पठायो, भिसा पठाए पनि नेपालमा एजेन्टलाई करिव एक लाख चालिस हजार बुझाएर रामबाबु कतार आइपुगे । 

उनलाई साथीले भनेका थिए 'काम सजिलै छ, तिमीले यहाँ ड्राइबर गर्नुपर्छ ।' तर कतार आएपनि उनले भने अनुसारको काम नभई सडकमा बेल्चा चलाउने काम पाए । उनले सोचे 'अब के गर्नु अर्काको देशमा आएपछि जस्तो भए पनि गर्नैपर्यो ।' 

ठिकै छ, अब जसो-तसो यहि बेल्चा चलाउने काम भएपनि गर्छु, एक वर्ष पुरा गरेर घर फर्किन्छु, नभैदै एक बर्ष पनि पुरा भयो । उनले काम गर्दै आएको कम्पनीमा रिजाइन दिएर थोरै जम्मा गरेको पैसाले टिकेट काटेर घर फर्किने तयारी गर्दैगर्दा त्यतिकैमा कोरोनाका कारण लकडाउन भएर हवाई उडान बन्द भयो । 

उडान बन्द भएपछि उनी स्वदेश फर्किन नपाउँदा निकै तनाव थिए । 'त्यहिँ बेला कतारस्थित नेपाली दूतावासले कोरोनाको रोजगारी गुमाएका, कतारी आइडी सकिएर बसेकाहरु लगायतकालाई स्वदेश फर्किने भए अनलाइन फारम उपलब्ध गराएको थियो, मैले पनि त्यो फारम भरें' उनले भने ।

दूतावासले प्रकाशन गरेको पहिलो चरणको स्वदेश फर्कनैपर्ने भनेर निकालेको लिस्टमा उनको पनि नाम आयो तर अहिलेसम्म उनी स्वदेश फर्किन पाएका छैनन् । 

उनी भन्छन् 'दूतावासमा फोन गर्दा पहिला गर्भवती महिला, जेष्ठ नागरिक पठाईसकेपछि मात्र अरुको पालो आउँछ, आफ्नो पालो आएपनि के गर्नु ? पहिला थोरै पैसा जम्मा गरेको थिएँ, अब कोसंग पैसा मागेर टिकेट कट्नु ? आफू संग पैसा छैन्' उनले भने । 

'अब यहाँ बसेर के गर्नु गर्नु ? जसो-तसो साथीभाईसंग पैसा खोजेर पनि जानै पर्यो, यहाँ कति दिन अरुको बसेर खाना खानु' उनले भने । उनले दु:खित हुँदै भने – 'विदेश गएर धन कमाएर सुन्दर घर बनाउला बाबा-आमा र भाई बहिनीलाई राम्रोसंग शिक्षा लिने सपना खुला आकाशमा कालो बादल मडारिएझैँ भयो सपनाहरु एक्कासी कालो बादल मडारिन पुग्यो ।'

पैसा हुनेले त टिकटको पैसा तिरेर स्वदेश फर्केलान्, तर टिकट काट्ने पैसा नभएकाले के गर्ने रामबाबुको जस्तै छ खाडीका अधिकांश नेपाली श्रमिकहरुको पीडा । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य