२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा कार्यरत १ लाख नेपालीको रोजगारी गुग्यो !

२०७७, १८ असार बिहीबार ०५:२३

असार १८, काठमाडौं। गैर आवासिय नेपाली संघ (एनआरएनए), युएई अध्यक्ष प्रकाश कोइरालाले युएईमा सम्भवतः १ लाख नेपालीले रोजगारी गुमाइसकेको बताएका छन् । युएईको अनलाइन गल्फ न्यूजका अनुसार कोभिड १९ का कारण ति नेपालीको रोजगारी गुमेको हो । यसरी रोजगारी गुमाउने मध्ये अधिकाँश सेवा, सुरक्षा, सुपरमार्केट तथा यातायात क्षेत्रमा काम गर्नेहरु रहेको बताइएको छ ।

हालसम्म युएईबाट स्वदेश फर्किन ३० हजार नेपालीले युएई स्थित नेपाली दूतावासमा निवेदन दिइसकेको र उनीहरुलाई स्वदेश फिर्ता गर्न उडान व्यवस्थापन भइरहेको समेत कोइरालाले बताए । उनले सेवा, सुरक्षा तथा यातायात र अझ विशेषगरी ट्याक्सी बन्द हुँदा ठूलो संख्यामा नेपालीले रोजगारी गुमाउनु परेको समाचारमा उल्लेख छ ।

विदेशबाट यात्रु आउन रोकिएपछि सेवा क्षेत्र तथा सुरक्षा क्षेत्रमा कार्यरत नेपालीले रोजगारी गुमाएका हुन् । फेब्रुअरीमा तलव पाएकाहरुले आफूले पाएको तलवको ७० प्रतिशत रकम स्वदेश पठाएको र ३० प्रतिशतले मार्चमा सहज रुपमा बसेपनि अप्रिल महिनामा भने उनीहरु समस्यामा परेको कोइरालाको भनाई छ । त्यसैले समस्यामा परेकाहरुलाई समुह बनाएर नै सहयोग गरिएको तथा खाद्यान्न लगायतका बस्तु वितरण गरिएको कोइरालाले बताए ।

“मेरो अनुमानमा युएईमा रहेका ४ लाख मध्ये १ लाख नेपालीको रोजगारी गुमेको छ”, कोइरालाले भने “हामीले ७ हजार नेपालीलाई यसबीचमा खाद्यान्न लगायतका बस्तु वितरण गरेका छौं ।” त्यसरी उपलव्ध गराएको राहतले एकजनालाई १५ दिन पुग्ने उनले बताए । युएईबाट हालसम्म २ हजार नेपाली स्वदेश फर्किसकेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण