२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सरकार ! पैसा नहुनेहरु स्वदेश फर्कन नपाउने हो ?’

१९ असार २०७७, शुक्रबार ०४:२४

योगेन्द्र योगी | असार १९, दोहा | सरकारले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई उद्दारको नाममा चर्को शुल्क लिएरै भएपनि स्वदेश फर्काउन थाले यता अहिलेसम्म खाडी लगायत अन्य विभिन्न मुलुकबाट १२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्।

कतारबाट अहिलेसम्म १ हजार ३३० जना नेपाली नागरिकहरु स्वदेश फर्किएका छन् भने फर्किनेहरु अधिकांश कम्पनीले टिकट काटिदिएका र आफूसँग पैसा हुनेहरु मात्र छन्। 

केहि समय अघि पैसा हुनेहरु मात्रै स्वदेश फर्किन पाउने र वास्थबिक पिडित चाहि फर्किन नसक्ने भए भन्दै कतारमा क्रियासिल संघ सस्थाहरुले आवज उठाएका थिए भने एनआरएनए कुवेतले बिज्ञप्ति नै निकालेर नेपाल सरकारले तोकेको भाडादर महँगो भएको र समस्यामा परेका नेपालीले यति महंगोमा टिकेट काट्न सक्दैनन् भनेको थियो । 

खान बस्नसमेत नभएर अलपत्र अवस्थामा पुगेका नेपाली श्रमिक भने अझसम्म स्वदेश फर्कन सकेका छैनन्। कोरोनाको कारण कम्पनी बन्द भएर विगत चार महिनादेखि अन्य साथीहरुको कतिपयले आश्रय लिएर दिन कटाइरहेका सिराहाका रामबाबु महतो भन्छन् के पैसा हुनेले मात्र हो स्वदेश फर्कन पाउने ?

यता, तनहुका कुमार गुरुङ्गको पनि समस्या उस्तै छ विगत दुई वर्ष देखि युएईमा कार्यरत रहेको र कोरोनाका कारण कम्पनी बन्द भएपछि ४ महिना देखि कोठामै बस्न बाध्य छन् । 

युएईस्थित नेपाली दूतावासले उपलब्ध गराएको फारम भरेको र अहिलेसम्म पनि दूतावासले प्रकाशन गरेको सूचीमा आफ्नो नाम नपरेको उनले बताए । 

'नाम आए त कम्पनीले हवाई टिकेट दिन्छु भन्थ्यो नाम नै आएन' उनले भने । मेरो जस्तै सामान्य अवस्था भएको साथीहरु धेरै छन् युएईमा सरकारले तोकेको तेब्बर महँगो भाडाका कारण विदेशमै रोकिन बाध्य छन् ।

यस्तै, बिगत पाँच बर्ष देखि कतारमा कार्यरत रहेका मोरङ् सुन्दरहरैचा निवासी दुर्गा प्रसाद कोइराला कोरोनो सुरु हुनु अघि नै टिकट लिएर घर फर्किने तयारी गरेका थिए । 

तर कोरोनाको कारण फर्किन पाएन् अहिले तीन महिना देखि काम बिहिन भएर कोठामै बस्न बाध्य भएको तथा खानको समेत समस्या हुन् थालेको कोइराला बताए । उनका अनुसार आफू जस्तै टिकट लिएर बसेका धेरै नेपालीहरु समस्यामा रहेका छन् । 

कतारस्थित नेपाली दूतावासले प्रकाशन गरेको सूचीमा नाम परेकाहरुले पैसाको जोहो गरेरै भएपनि नियमित तिर्दै आएको भाडादर भन्दा दोब्बर तिरेर भएपनि स्वदेश फर्किरहेका छन् । 

पैसा नभएर टिकट काट्न नसक्नेहरु भने खाडीमै निराश भएर बस्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य