२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सरकार ! पैसा नहुनेहरु स्वदेश फर्कन नपाउने हो ?’

२०७७, १९ असार शुक्रबार ०४:२४

योगेन्द्र योगी | असार १९, दोहा | सरकारले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई उद्दारको नाममा चर्को शुल्क लिएरै भएपनि स्वदेश फर्काउन थाले यता अहिलेसम्म खाडी लगायत अन्य विभिन्न मुलुकबाट १२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्।

कतारबाट अहिलेसम्म १ हजार ३३० जना नेपाली नागरिकहरु स्वदेश फर्किएका छन् भने फर्किनेहरु अधिकांश कम्पनीले टिकट काटिदिएका र आफूसँग पैसा हुनेहरु मात्र छन्। 

केहि समय अघि पैसा हुनेहरु मात्रै स्वदेश फर्किन पाउने र वास्थबिक पिडित चाहि फर्किन नसक्ने भए भन्दै कतारमा क्रियासिल संघ सस्थाहरुले आवज उठाएका थिए भने एनआरएनए कुवेतले बिज्ञप्ति नै निकालेर नेपाल सरकारले तोकेको भाडादर महँगो भएको र समस्यामा परेका नेपालीले यति महंगोमा टिकेट काट्न सक्दैनन् भनेको थियो । 

खान बस्नसमेत नभएर अलपत्र अवस्थामा पुगेका नेपाली श्रमिक भने अझसम्म स्वदेश फर्कन सकेका छैनन्। कोरोनाको कारण कम्पनी बन्द भएर विगत चार महिनादेखि अन्य साथीहरुको कतिपयले आश्रय लिएर दिन कटाइरहेका सिराहाका रामबाबु महतो भन्छन् के पैसा हुनेले मात्र हो स्वदेश फर्कन पाउने ?

यता, तनहुका कुमार गुरुङ्गको पनि समस्या उस्तै छ विगत दुई वर्ष देखि युएईमा कार्यरत रहेको र कोरोनाका कारण कम्पनी बन्द भएपछि ४ महिना देखि कोठामै बस्न बाध्य छन् । 

युएईस्थित नेपाली दूतावासले उपलब्ध गराएको फारम भरेको र अहिलेसम्म पनि दूतावासले प्रकाशन गरेको सूचीमा आफ्नो नाम नपरेको उनले बताए । 

'नाम आए त कम्पनीले हवाई टिकेट दिन्छु भन्थ्यो नाम नै आएन' उनले भने । मेरो जस्तै सामान्य अवस्था भएको साथीहरु धेरै छन् युएईमा सरकारले तोकेको तेब्बर महँगो भाडाका कारण विदेशमै रोकिन बाध्य छन् ।

यस्तै, बिगत पाँच बर्ष देखि कतारमा कार्यरत रहेका मोरङ् सुन्दरहरैचा निवासी दुर्गा प्रसाद कोइराला कोरोनो सुरु हुनु अघि नै टिकट लिएर घर फर्किने तयारी गरेका थिए । 

तर कोरोनाको कारण फर्किन पाएन् अहिले तीन महिना देखि काम बिहिन भएर कोठामै बस्न बाध्य भएको तथा खानको समेत समस्या हुन् थालेको कोइराला बताए । उनका अनुसार आफू जस्तै टिकट लिएर बसेका धेरै नेपालीहरु समस्यामा रहेका छन् । 

कतारस्थित नेपाली दूतावासले प्रकाशन गरेको सूचीमा नाम परेकाहरुले पैसाको जोहो गरेरै भएपनि नियमित तिर्दै आएको भाडादर भन्दा दोब्बर तिरेर भएपनि स्वदेश फर्किरहेका छन् । 

पैसा नभएर टिकट काट्न नसक्नेहरु भने खाडीमै निराश भएर बस्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण