२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ महामारीपछि विदेशबाट १६ हजार नेपालीको उद्धार

१९ असार २०७७, शुक्रबार १५:४४

असार १९, काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण देखिएपछि बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् ।  फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना श्रीलङ्काबाट स्वदेश फिर्ता भएका ‘कोभिड–१९ सङ्कट ब्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)’ ले जनाएको छ । 

नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गत चैत ११ गतेदेखि मुलुकभर लागू गरिएको बन्दाबन्दीका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो । बन्दाबन्दीसँगै  अन्तर्राष्ट्रिय हवाई यातायात पनि बन्द भएपछि विदेशमा अप्ठ्यारोमा परेका स्वदेश आउन चाहने नेपालीलाई सरकारले गत जेठ २१ गतेदेखि सुरक्षित रुपमा स्वदेश फर्काउने कार्य शुरु गरेको हो । 

यस अवधिमा अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, ओमानबाट  ३१३, कतारबाट एक हजार ८१२, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट २२८, बङ्गलादेशबाट ८४१, मलेसियाबाट एक हजार ५३७, माल्दिभ्सबाट ७०९, यूएईबाट दुई हजार ७३७, सउदी अरेबियाबाट दुई हजार दुई, सिङ्गापुरबाट १४६, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ४२०, संयुक्त राज्य अमेरिकाबाट २८२ र संयुक्त अधिराज्यबाट २२९ नेपाली स्वदेश फिर्ता भएका छन् ।् 

उहाँहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखेर व्यक्तिगत विवरण सङ्कलन, स्वास्थ्य परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने गरिँदै आएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १६ गतेको निर्णयानुसार कोभिड–१९ विरुद्धको प्रतिकार्यको सन्दर्भमा उच्चस्तरीय समन्वय समितिको मातहतमा, सहजीकरण समितिअन्तर्गत रही प्रतिकार्यलाई प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा सम्पादन गर्न सीसीएमसीको स्थापना भएको थियो । 

पछि सरकारले गत जेठ २८ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार उच्चस्तरीय समन्वय समिति विघटन गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा विभिन्न १० मन्त्री सदस्य रहेको सीसीएमसी निर्देशक समिति गठन गरेको हो । समितिले केन्द्र, प्रादेशिक र स्थानीय तहसम्म निजामती, सुरक्षा निकाय र सबै सम्बद्ध निकायमार्फत कोभिड–१९ विरुद्ध समन्वयात्मक रुपमा प्रतिकार्य सञ्चालन गर्दै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य