२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सय संख्या पुगेका म्यानपावर लाइसेन्स नवीकरण नगराउनु’ निवर्तमान अध्यक्ष, गुरुङ

२० असार २०७७, शनिबार ११:०३

असार २०, काठमाडौं ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले म्यानपावर व्यावसायीहरुले अभिभावक भएर संरक्षण गरिरहेका लाखौँ कामदारहरुको जिम्मेवारी लिईदिन नेपाल सरकारसंग आग्रह गरेका छन् । सामाजिक संजालमा लेख्दै अध्यक्ष गुरुङले व्यावसायीहरुले राखेको कुल नगद धरौटी ४ अर्ब २७ करोड यथाशक्य फिर्ता गराईदिन सरकारसंग माग गरेका छन् ।

म्यानपावर कम्पनीको इजाजत पत्र नवीकरण नगर्न/ नगराउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिन पनि गुरुङले सरकारसंग माग गरेका छन् । अध्यक्ष गुरुङले भनेका छन् 'नेपाल सरकारलाई वैदेशिक रोजगार आवश्यक छैन र लामो समय देखि यस क्षेत्रमा अनुभव बटुलेका इमानदार  व्यावसायीको भुमिकाको कुनै महत्व र संरक्षणको वास्ता गरिदैन भने सय संख्या पुगेका वा नपुगेका कागजातको कुरा नै नगरी कुनै पनि इजाजत पत्र नवीकरण नगर्न/ नगराउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिनुहुन अनुरोध गर्दछु ।' 

सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संसोधन गरि म्यानपावर कम्पनी नवीकरण गर्नको लागि पछिल्ला २ आर्थिक वर्षमा सय जना कामदार अनिवार्य विदेश पठाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । कोरोना महामारीका कारण गत फागुन ३० गतेबाट श्रम स्वीकृति संगै अन्तराष्ट्रिय हवाई उडान रोकिएको छ । साथै श्रम गन्तव्य मुलुकमा पनि कोरोनको प्रभावले नेपाली कामदार लिने अवस्था रहेको छैन तरपनि सरकारले पुन श्रम स्वीकृति दिने निर्णय गरिसकेको छ । 

व्यवसायी संघका अनुसार संचालनमा रहेका ८ सय ५३ म्यानपावर कम्पनी मध्ये ५ सय भन्दा धेरै कम्पनीले पछिल्ला २ आर्थिक वर्षमा वार्षिक सय जना कामदार विदेश पठाउन सकेका छैनन् जसको नवीकरण हुने अवस्था छैन भने यसै विच वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको नवीकरण प्रक्रिया शुरु गरेको छ ।


विभागले पछिल्लो अन्तिम दुई आर्थिक वर्ष वार्षिक एकसय जना कामदार पठाएको प्रमाणित कागाजात बिना वैदेशिक वैदेशिक रोजगार व्यावसायिको इजाजत पत्र नवीकरण नगर्ने अडान लिएको कारण करिब ८०% इजाजत पत्र नवीकरण हुन नसक्ने उनले बताएका छन् । गत आर्थिक वर्ष १७ महिना मलेसिया रोजगार बन्द रहेको र यस आर्थिक वर्ष कोभिड-१९ को प्रभावले वैदेशिक रोजगार बन्द हुँदा विभागले ताकेता गरे अनुसारको सय संख्याको प्रमाणित कागजात पेश गर्न व्यावसायीहरु असमर्थ रहेको उनले बताएका छन् । अझ केही वर्ष  विश्व आर्थिक मन्दीमा गुज्रिने निश्चित रहे कारण रोजगारदाता कम्पनीले कामदार आपूर्ति नगर्ने हुँदा  व्यावसायीहरुले अगामी वर्षमा सयको संख्यामा कामदार पठाउनु पर्ने बाध्यात्मक नीति नियम पुरा गर्न सक्ने सम्भावना अति न्युन रहेको उनको भनाई छ । 

वैदेशिक रोजगार ऐन २०६४  संसोधन गरि एनमा उल्लेख गरिएको शब्द / वाक्यलाई नियमावलीमा गलत तरिकाले ब्याख्या गरि क्वान्टिटि मा होइन क्वालिटिमा काम गर्ने व्यावसायीलाई विस्थापित गर्ने बदनियत पुर्ण  प्रपन्च रच्ने ब्यक्तिहरुको चंगुलमा फसेको वैदेशिक रोजगार क्षेत्रलाई तत्काल निकास दिनुपर्ने जरुरी रहेको विनम्र जानकारी गर्दछु। निवर्तमान अध्यक्ष गुरुङले 

भनेका छन् 'वैदेशिक रोजगार ब्यवस्थित गर्ने नाममा हामी व्यावसायी माथि विभिन्न रुप धारान गरेका स्वदेशी र विदेशी व्यक्तिहरुबाट गरिएको पटक पटकको प्रहार मुख दर्शक भएर हेरिरहन नेपाल सरकारलाई सुहाउँदैन र मिल्दैन होला ।'

गणतन्त्र स्थापना भए पछिको सरकार जनताको अभिभावक हुन्छ  र नागरिकको समस्या जनताको सरकारले सुन्छ भन्ने विश्वासमा हाम्रा पनि रगत र पसिना विभिन्न कालखण्डमा भएका आन्दोलनमा मिसिएको स्मरण गराउन चाहन्छु, उनले भनेका छन् 'लामो समय देखि देशको बेरोजगारी समस्या हल गरिरहेका वैदेशिक रोजगार व्यावसायीको सामान्य मागको सम्बोधन गर्न र गराउन समेत  नेपाल सरकार रमिते बनी रहेको प्रति व्यावसायिले अत्यन्त चित्त दुखाएका छन्।'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य