२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्रीद्वारा वैदेशिक रोजगार वोर्डमा व्यवसायीहरु हेम गुरुङ र कैलाश खड्का मनोनित

२०७७, २२ असार सोमबार ०९:२३

असार २१, काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले २ व्यवसायीलाई वैदेशिक रोजगार वोर्डमा मनोनित गरेका छन् ।  वैदेशिक रोजगार व्यवसायी एवं एसओएस म्यानपावर सर्भिस प्रा.लि.का संचालक हेम गुरुङ तथा स्वास्थ्य व्यवसायी एवं नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई वोर्डको सदस्यमा मन्त्री यादवले मनोनित गरेका हुन् । 


वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ अनुसार व्यवसायी गुरुङ र खड्कालाई वोर्ड सदस्यमा मनोनयन भएका  हुन् । मनोनित दुई सदस्यहरुको कार्यकाल निर्णय भएको मितिले दुई वर्ष हुने उल्लेख छ । मन्त्रालयले गुरुङलाई वैदेशिक रोजगार व्यवसायीहरुकातर्फबाट र खड्कालाई वैदेशिक रोजगार विज्ञकारुपमा मनोनित गरेको हो । 

वैदेशिक रोजगार वोर्डले श्रमिकबाट कल्याणकारी शुल्क उठाएर उनीहरुको हितका लागि काम गर्नुपर्ने दायित्व रहेको छ । मन्त्री वा राज्यमन्त्रीको अध्यक्षता रहने यस बोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, वैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल बोर्डमा अध्यक्षसहित २५ जना सदस्य रहेका छन् ।

वोर्डमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे तथा कोषाध्यक्ष इन्दिरा गुरुङलगायत सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण