२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एघार अन्तर्राष्ट्रिय उडानः फर्किए एक हजारभन्दा बढी नेपाली

२०७७, २३ असार मंगलवार १४:५९

असार २३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन् ।

आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको रियादबाट २५२ र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । दुबई र दोहाबाट थप नेपाली ल्याउन निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ । 

त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ र अबुधाबीबाट १५५ नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएको छ । सोही एयरलाइन्सको जहाज थप नेपाली ल्याउन दोहा प्रस्थान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । जजिरा एयरलाइन्सले कुवेतबाट १६० यात्रु काठमाडौँ ल्याएको छ । कुवेतबाट यात्रु ल्याउन पुनः त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ ।

शुक्रबार पनि ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाट ८७७ नेपाली स्वदेश फर्किएका थिए । आज आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका आठ चार्टर्ड उडान भएको विमानस्थलले जनाएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विदेशका कतार, जजिरा, टर्किसलगायत एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन विभिन्न मुलुकका चार्टर्ड उडान गरिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण