२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज चौध अन्तर्राष्ट्रिय उडानः सोह्र् सय नेपाली फर्किए

२०७७, २६ असार शुक्रबार १६:१४

असार २६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ६११ नेपाली स्वदेश फर्किएका छन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्वालालम्पुरबाट १५४, दोहाबाट १४९ र रियादबाट २४७ यात्रु काठमाडौँ ल्याएको छ । दुबईबाट १५० नेपालीलाई स्वदेश फर्काएको छ । हिमालय एयरलाइन्सले दमामबाट १५४, कुवेतबाट १५१ र क्वालालम्पुरबाट १७० नेपाली ल्याएको छ । 

त्यस्तै एयर अरेबियाले सारजाहाबाट १६७, सलाम एयरले मस्कटबाट १७९ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७० यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली लिन आजै नेपाल एयरलाइन्स जेजाह र दुबई प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स दमाम र आबुधाबी उडेको छ । आजै कोरियन एयरलाइन्सले २०५ यात्रु र एक बच्चा लिएर सिओल उडेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

शनिबार पनि विभिन्न मुलुकबाट १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् । नेपाल एयरलाइन्सले जापानका नारितामा चार्टर्ड उडान गर्दै छ । सोही एयरलाइन्सले बहराइन, जेदाह र दुबई उडान गर्नेछ । हिमालय एयरलाइन्स चीनको कुन्मीङ र दमाम उडान गर्ने विमानस्थलले तालिका सार्वजनिक गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण