२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अरबमा टिकेट काट्न पैसा नहुनेहरु जहाज हेरेर दिन कटाउदै

२०७७, ३१ असार बुधबार ०२:२६

योगेन्द्र योगी | असार ३१, दोहा | सरकारले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई उद्दारको नाममा चर्को शुल्क लिएरै भएपनि स्वदेश फर्काउन हालसम्म करिव २६ हजार नेपालीलाई विभिन्न मुलुकबाट उद्दार गरिसकेको छ । 

तर खाडी मुलुकहरुमा पैसा नभएर स्वदेश फर्कन नसकेका नेपालीहरुको कथा भने फरक छ, बिगत केहि बर्षदेखि साउदी अरबमा काम गर्दै आएका नवलपरासीका सिताराम पाण्डे कोरोनाको कारण कम्पनी बन्द भएपछि लामो समय देखि काम बिहिन भएर कोठामा बस्न बाध्य छन् । 

पाण्डेका भनाइ अनुसार स्वदेश फर्कनै पर्ने भएकाले अनलाइन फारम भर्नु पर्ने भनेर साउदीस्थित नेपाली दूतावासले उपलब्ध गराएको फारम पनि भरे नामवालीमा नाम पनि आयो, गत जुन १९ मा साउदीको दमामबाट उडान थियो तर के गर्नु आफू संग टिकेट काट्ने पैसा पुगेन  । 

उनले भने "मसंग १ हजार साउदी रियाल मात्र थियो टिकेटको लागि मलाई १७४४ रियाल चाहिने थियो, जस्तो-तसो कम्पनीले खाना दिएपनि टिकेट काट्ने पैसा नभएको कारण अहिले हरेक दिन आकाशमा उड्ने जहाजलाई हेरेर दिन कटाई रहेको छु । "

दूतावासमा आफूसंग टिकेट काट्ने पैसा नपुगेको जानकारी गराए पनि टिकेट सस्तो भएपछि घर जानु भन्दै दूतावासले फोन राखेको उनले बताए । 

यता, कतारमा पनि खान-बस्नसमेत नभएर अलपत्र अवस्थामा पुगेका नेपाली श्रमिक भने अझसम्म स्वदेश फर्कन सकेका छैनन्। कोरोनाको कारण कम्पनी बन्द भएर विगत चार महिनादेखि अन्य साथीहरुकोमा आश्रय लिएर दिन कटाइरहेका सिराहाका रामबाबु महतोको समस्या पनि उस्तै छ । 

टिकेट काटेकाहरुको समस्या पनि उस्तै 

खाडीमा कोरोना सुरु हुनु भन्दा अघिनै टिकेट काटेर स्वदेश फर्किने तयारीमा रहेको तर कोरोनाको उडान बन्द भएपछि फर्किन नपाएकाहरुको पिडा पनि उस्तै छ । 

मोरङ्का दुर्गा प्रसाद कोइरालाले पहिले नै घर फर्किन टिकेट काटे तर पछि कोरोना सुरु भएपछि उडान बन्द भयो तीन महिना देखि काम बिहिन भएर कोठामै बस्न बाध्य भएकोले अहिले खानाको समस्या हुन थालेको उनले बताए। 

उनका अनुसार एक पटक कतारस्थित नेपाली दूतावासमा पुगेर आफ्नो समस्या सुनाएको र दूतावासले हुन्छ पछि हामी आफैले सम्पर्क गर्ने छौ भनेको थियो अहिलेसम्म सम्पर्क गरेको छैन ।

आफू जस्तै टिकट काटेर बसेका धेरै नेपालीहरु समस्यामा छन् । सरकारले तेस्रो पटक एक साताका लागि उडान तालिका थप गरेको छ ।सरकारले थप गरेको उडान तालिका अनुसार खाडीका ६ वटा मुलुकबाट ४२ वटा उडान हुदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण