२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट नेपालका लागि थप ६ वटा उडान तय, हेर्नुहोस् उडान तालिका

२०७७, १ श्रावण बिहीबार ०६:२५

साउन १, काठमाडौं । कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि कतारबाट नेपाल एयरलाइन्सका तीन तथा हिमालय एयरलाइन्सका तीन गरी ६ वटा उडानहरु तय भएका छन् । दुवै एयरलाइन्सका आगामी १७, १८ र २० जुलाई २०२० का लागि उडान तय भएको भन्दै कतार स्थित नेपाली दूतावासले प्राथमिकता सूचिमा रहेकाहरुलाई सम्वन्धित एयरलाइन्समा सम्पर्क गरेर टिकट काट्न अनुरोध गरेको छ ।

दूतावासद्धारा जारी सूचना अनुसार दूतावासको वेवसाईटमा नेपाल फर्कने फारम भरेरकाहरुलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप सूचि बनाइएको भन्दै सो सूचिमा परेकाहरुलाई फर्किने टिकट काट्न सूचित गरेको हो ।

नेपाल फर्किन चाहनेहरुको नामावली स्वीकृतिका लागि कतारको गृह मन्त्रालयमा पठाइएको र स्वीकृति प्राप्त नभएका व्यक्तिको हकमा स्वीकृति प्राप्त भएपछि मात्र यात्रा गर्न सकिने दूतावासले जनाएको छ ।यसैगरी नेपाल एयरलाइन्सको यस अघिका उडानका लागि प्रकाशित सूचिमा नाम भएका तर विविध कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत आगामी उडानहरूका लागि टिकट काट्न सक्ने जनाइएको छ ।

स्वदेश फर्किन चाहनेहरुले कतारले सञ्चालन गरेको Ehteraz App प्रयोग नल्याएमा उडान गर्न नसक्ने भएका कारण सो एप आफ्नो मोवाईलमा डाउनलोड गर्न पनि दूतावासले अनुरोध गरेको छ । यसैगरी रोजगारदाताले भागेको भनेर रीपोर्ट गरेका व्यक्तिहरुले एयरलाइन्सबाट आइटीनरी सहितको हवाई टिकट लिएर सर्च एण्ड फलो अप डिपार्टमेण्टमा आफैं गएर सो हवाई टिकटमा सो डिपार्टमेण्टको छाप लगाई अनिवार्य रुपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने पनि दूतावासले स्पष्ट पारेको छ । कतारबाट नेपाल फर्किन ३ सय ९२ अमेरिकी डलर (कतारी रियाल १ हजार ४ सय ३०) तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण