२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायी २२ देशमा कामदार पठाउँछन् तर कामदार पुग्छन् १२७ देश (सूचिसहित हेर्नुहोस् )

२०७७, ३ श्रावण शनिबार ०३:१८

मनोज पराजुली । साउन ३, काठमाडौं । वैदेशिक रोजगारीमा १ सय २७ देशमा जानको लागि ३ लाख भन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष (२०७६/०७७) को वार्षिक श्रम स्वीकृति विवरण अनुसार संस्थागत, व्यक्तिगत श्रम स्वीकृति, पुन: श्रम स्वीकृति र वैधानिकरण गरि ३ लाख ६८ हजार ४ सय ३३ जनाले  श्रम स्वीकृति लिएका छन् । 

म्यानपावर कम्पनी मार्फत १ लाख ७२ हजार २ सय ६६, वैधानीकरण मार्फत ८ हजार ५१४, पुन : श्रम स्वीकृति लिएर १ लाख ७७ हजार ९८० जना र ७ हजार ६३६ जनाले व्यक्तिगत श्रम  स्वीकृति लिएका छन् । गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेहरुमध्ये ३ लाख ४० हजार पुरुष र २८ हजार ४ सय ३३ जना महिला रहेका छन् । 


म्यानपावरको पहुँच २२ देशमा मात्रै 

सरकारले वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा कामदार पठाउन ११० वटा देश खुल्ला गरेको छ जसमध्ये इराकमा कामदार पठाउन रोक लगाइएको छ । तर म्यानपावर कम्पनीले भने २२ वटा देशमा मात्रै श्रमिक पठाएका छन्। गत वर्ष रोजगारीका लागि १ सय २७ देशमा नेपाली पुगेका छन् ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार म्यानपावर कम्पनीले २२ देशमा १ लाख ७२ हजार २ सय ६६ जनालाई विदेश पठाएका छन् । यी मध्ये १५ हजार १ सय २९ जना महिला छन्।

म्यानपावर व्यवसायीले श्रम स्वीकृति निकालेका २२ देशमध्ये  मध्ये खाडीका तीन देश र मलेसिया नै गत वर्ष पनि प्रमुख श्रम गन्तव्य रहेका छन् । म्यानपावर मार्फत  युएई ४६ हजार ५४२, साउदी ३९ हजार २३६, मलेसिया ३८ हजार ९० र कतार २७ हजार ५१ जनाको श्रम स्वीकृति लिएका छन् । त्यस्तै अफगानिस्तान १४०, बहराइन ३०४८, ब्रुनई दारुस्लाम १०७, साइप्रस १ हजार ४४२, हङकङ ८५, जापान १८९, जोर्डन २ हजार ३७२, कुवेत ८ हजार ४०० र मकाउ २३२ जनाको श्रम स्वीकृति लिएका छन् । त्यस्तैगरी मालदिभ्स ६, माल्टा १५८, मौरिसस ५८, ओमान १ हजार ६१६, पानामा ७३, पोल्याण्ड १२, पोर्चुगल १०८, रोमानिय १ हजार ४४२ र टर्कीको लागि ५०२ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् । 

आर्थिक वर्ष २०७५/०७६ मा २ लाख ८ हजार ३ सय ५२ जना र आर्थिक वर्ष २०७४/०७५ मा ३ लाख ५४ हजार ८२ जना म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका थिए। 

कुन देशमा कति ? 

गतवर्ष श्रम स्वीकृति लिएका जम्मा संख्याका आधारमा सबैभन्दा अगाडी युएई रहेको छ । युएई पछि साउदी अरेबिया, कतार, मलेसिया रहेका छन् । युएईका लागि ९३ हजार ४२४, साउदीका लागि ८२ हजार १६३, कतारका लागि ८१ हजार ५६७ र मलेसियाका लागि ५९ हजार ७१४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कुवेतका लागि १६ हजार ८६२, बहराइनका  लागि ६ हजार १८९, ओमानका लागि ४ हजार १३९, जापानका लागि ३ हजार ७२८, जोर्डनका लागि २ हजार ६२७ जना, रोमानियाक अलागी २ हजार २८, साइप्रसका लागि १ हजार ९९५ जनाले श्रम स्वीकृति लिएका छन् । 

त्यस्तै गरि माल्टाका लागि १ हजार ८५०, मकाउको लागि १ हजार ५३७ जना, माल्दिभ्सको लागे १ हजार ३६ जना, टर्कीको लागि १ हजार ५५ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका अन्य देशहरुमा अफगानिस्तान ९२४, क्रोसिया ६४६, प्रोचुगल ६२७, पोल्याण्ड ४४८, सेसेल्स ४९४, इजरायल ३४२, ब्रुनई दारुस्लाम ४३१ जना रहेका छन् ।

अघिल्लो वर्ष भन्दा घट्यो 

अघिल्लो आर्थिक वर्ष (२०७५/७६) को तुलनामा गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेको संख्यामा २७ दशमलव ५९ प्रतिशतले गिरावट आएको छ । २०७५/०७६ मा ५ लाख ८ हजार ८ सय २ जना विदेशिएका थिए । गत वर्ष ३ लाख ६८ हजार ४ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् भने श्रम स्वीकृति लिएका मध्ये अझै केहि विदेश जान बाँकी नै छन् । गत आवमा कोरोना भाइरसका कारण फागुन २९ बाट श्रम स्वीकृति बन्द हुदा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको संख्यामा गिरावट आएको हो । 

काम गर्न नेपाल आउने बढे 

अघिल्लो आर्थिक वर्ष (२०७५/७६) को तुलनामा गत आर्थिक वर्षमा नेपालमा काम गर्न श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालमा काम गर्नको लागि कुल २ हजार ५० जनाले श्रम स्वीकृति लिएका छन् । 

महिला ३२६ र पुरुष १७२४ जना गरि जम्मा २ हजार ५० जनाले श्रम स्वीकृति लिएका छन् । १४२  महिला र  ९४९ पुरुषगरि  १ हजार ९१ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने १८४ महिला र ७७५ पुरुष गरि ९ सय ५९ जनाले पुन श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०७५/७६ मा १ सय १९ महिला र ८ सय ६२ पुरुष गरि कुल १९ सय ८१ जनाले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका थिए ।

श्रम स्वीकृति लिएका मध्ये अधिकांश चिनिया कामदार रहेको विभागका प्रवक्ता मणिनाथ गोपले साझा सवाललाई जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण