२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शनिबार १३ चार्टर्ड उडान, एक हजार नेपाली स्वदेश फर्किए

३ श्रावण २०७७, शनिबार १५:४५

साउन ३, काठमाडौँ । विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानबाट छ शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले रियादबाट २५८ यात्रु र दुई शव नेपाल ल्याएको छ । सोही एयरलाइन्सले बहराइनबाट १२९ यात्रु र एक शव ल्याएको छ । दोहाबाट पनि १४९ यात्रु र दुई शव ल्याएको छ ।

हिमालय एयरलाइन्सले दोहाबाट १५६ र बहराइनबाट १३९ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै फ्लाइ दुबईले दुबईबाट १५७ नेपाली काठमाडौँ ल्याएको छ ।

थप नेपाली ल्याउन नेपाल एयरलाइन्स दुबई र दोहा तथा हिमालय एयरलाइन्स दोहा र अबुधाबी प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ । आइतबार पनि यी दुवै एयरलाइन्सले विभिन्न मुलुकबाट आठ उडान गर्ने जनाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य