२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अलपत्र परेकाहरुले यसरी लिन सक्छन् सरकारबाट निः शुल्क टिकट

४ श्रावण २०७७, आईतवार १२:२१

साउन ४, काठमाडौँ | केहि दिन अघि सरकारले विदेशमा समस्यामा परेका नेपालीहरुलाई निशुल्क उद्दार गर्ने निर्णय गरेको छ । त्यसयता कयौं विदेशमा अलपत्र नेपालीहरुले त्यसको प्रक्रियाबारे जानकारी मागेका छन् । 

विदेशमा समस्यामा परेकाहरुले दूतावासमा एक निवेदन पेश गरि सरकारी खर्चमा नेपाल फिर्ता हुन पाइन्छ । यसरी निवेदन दिनेहरुको रोजगारीको प्रकृति, विदेशको आर्जन र अन्य स्रोत समेतलाई आधार मानेर निर्णय गरिने बताइएको छ । निवेदन दिने व्यक्ति आफ्नै खर्चमा स्वदेश र्फकन सक्ने अवस्थामा छ/छैन एकिन गरेर निर्णय लिने बुझिएको छ । थुनामा परी आममाफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका श्रमिकलाई समेत कोषको रकम खर्च गरी उद्धार गरी स्वदेश फिर्ता गरिनेछ ।


फिर्ता प्रक्रिया: 

अलपत्र परेका श्रमिकले तोकिएको ढाँचामा सम्बन्धित कूटनीतिक नियोगमा निवेदन दिनुपर्नेछ । विदेशको रोजगारदाताबाट रोजगार करार बमोजिम सेवा, सुविधा र स्वदेश फिर्ताको लागि हवाई टिकट नपाएको भएमा म्यानपावर कम्पनी र कूटनीतिक नियोगले संयुक्त रुपमा रोजगार करार बमोजिम पाउने सेवा, सुविधा र फिर्ता टिकट उपलब्ध गराउन पहल गर्नुपर्नेछ ।


सरकारले लिएको नीति अनुसार म्यानपावर कम्पनीले मागपत्र लिंदा सम्बन्धित कम्पनीले श्रमिकको आतेजाते हवाई टिकट दिनुपर्ने हुन्छ । त्यसै नीति अनुसार म्यानपावर कम्पनीहरुले सम्बन्धित कम्पनीलाई श्रमिक नेपाल फिर्ता हुनको लागि टिकटले लागि पहल गर्नेछन् । त्यस्तै म्यानपावर कम्पनीले समस्यामा परेको कामदारले तोकिएको सेवा-सुविधा नपाएको भए सोको पहल समेत गर्नुपर्नेछ । अलपत्र परेका श्रमिकलाई उद्धार गरी स्वदेश फिर्ताको लागि हवाई टिकटका लागि पहल गर्ने जिम्मेवारी म्यानपावर कम्पनीलाई दिइएको छ । 

यदी विदेशबाट फिर्ता हुन चाहेको व्यक्ति व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको भए कूटनीतिक नियोगले रोजगारदातासँग हवाई टिकटका लागि पहल लिनेछ । 

श्रमिकको निवेदन अनुसार पहल गरि सबै प्रक्रिया पुरा गरेर उसलाई आर्थिक सहायता दिनुपर्ने एकिन गरिनेछ। प्रक्रिया पुरा गरेका श्रमिकलाई एक वर्षभन्दा कम रोजगार करार अवधिमा रोजगारी गुमाएको भए हवाई टिकट खर्चको शत प्रतिशत रकम सरकारले दिनेछ । त्यस्तै एकवर्ष वा सो भन्दा बढी रोजगार करार अवधिभित्र रोजगारी गुमाएको भए हवाई टिकट खर्चको ७५ प्रतिशत रकम सरकारले तिर्नेछ ।

त्यस्तै पुनः श्रम स्वीकृति लिएर विदेश गएकाहरुको हकमा हवाई टिकट खर्चको ५० प्रतिशत रकम सरकारले व्यहोर्छ । यसरी सरकारी शुल्कमा उद्दार भएकाहरुलाई विमानस्थलबाट सम्बन्धित क्वारान्टिनसम्म पुर्‍याउन लाग्ने खर्च पनि सरकारले नै व्यहोर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य