२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट आएका सबैको कोभिड–१९ परीक्षण

४ श्रावण २०७७, आईतवार १५:५६

साउन ४, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने सबैको कोभिड–१९ को पिसिआर परीक्षण गर्ने भएको छ । मन्त्रालयको आज बसेको उच्चस्तरीय समितिको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाईमार्ग र स्थलमार्गबाट आउनेको पिसिआर परीक्षण गर्ने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार विदेशबाट आउने पाँच दिन होल्डिङ सेन्टरबाट बसेपछि र स्थलमार्गबाट आउनेको सोही ठाउँको क्वारेन्टिनमा बसेपछि पिसिआर परीक्षण गरिनेछ । अहिले २७ प्रयोगशालाबाट तीन लाख १५ हजार ५७० जनाको पिसिआर परीक्षण गरिएको छ । पिसिआर परीक्षण गरेपछि मात्र विदेशबाट आउने व्यक्तिलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइनेभएको छ ।

यसैगरी सिंहदरबारभित्र सरसफाइको काम गर्ने कर्मचारीको पिसिआर परीक्षण गर्ने भएको छ । उनीहरुको चाँडै नै परीक्षणका लागि नमूना सङ्कलन गरिनेछ । बैठकले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मी र चिकित्सकको सल्लाहबमोजिम सबैको परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो । मन्त्रालयले समुदायस्तरमा सङ्क्रमण छ वा छैन भनेर ४५ हजारको नमूना सङ्कलन गरी परीक्षण गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । 

उहाँले अहिले सङ्क्रमितको सङ्ख्यासँगै प्रतिशत पनि घटिरहे पनि जोखिम भने कायमै रहेको बताउनुभयो । “केही दिनदेखि परीक्षण गर्दा सङ्क्रमित धेरै देखिएका छैनन् । सङ्क्रमित सङ्ख्यासँग प्रतिशत पनि निकै कम हुँदै गएको छ तर पनि जोखिम भने रहेको छैन भन्न मिल्दैन”,  उहाँले भन्नुभयो, “छिमेकी देशमा सङ्क्रमित बढ्दै जानु, धेरै जनघनत्व भएको ठाउँमा भीडभाड बढ्दै जानु, जनस्वास्थ्यको न्यूनतम मापदण्ड उल्लङ्घन भइरहेकाले हामी अझ उच्च जोखिममा छौँ ।” नेपालमा अहिलेसम्म  १७ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ भने ११ हजार ६९५ जना सङ्क्रमणबाट मुक्त भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य