२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए कुवेतले आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेको विवरण संकलन गर्ने

६ श्रावण २०७७, मंगलवार ०४:३२

योगेन्द्र योगी | साउन ६, दोहा | गैर आवासिय नेपाली संघ (एनआरएनए) कुवेतले कोरोना भाइरसका कारण राेजगारी गुमाएर चार्टर्ड हवाइ उडान खुलेको बेला पनि टिकटको जोहो गर्न नसकी थप समस्यामा परेका नेपालीकाे नामवली संकलन गर्ने भएको छ ।

वास्तविक कम्पनी बन्द भइ स्वदेश फर्किन टिकटको व्यवस्था गर्न नसकी समस्यामा परेर बसेकाहरुले एनआरएनए कुवेतका जो कोहिलाइ सम्पर्क गरी आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको एनआरएनए कुवेतका आइसिसी सदस्य अमित चाम्लिङले जानकारी दिएका छन् ।

उनका अनुसार वास्तविक पीडितहरुको विवरण संकलन गरि आइसिसी महिला फोरमकी संयोजक भोमा लिम्बुलाई बुझाइने छ । उनी मार्फत वास्तविक समस्यामा परेका तथा आफ्नै खर्चमा टिकटको जोहो गरेर स्वदेश फर्कन नसकेकाहरुलाई सम्बिधित निकायको ध्यानाकर्षण गराई निशुल्क उद्दारको पहल गरिने चाम्लिङले बताए ।

एनआरएनए कुवेतले कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण कुवेतमा कार्यरत नेपालीहरुमा परेको प्रत्यक्ष असरलाई मध्यनजर गर्दै श्रमिकहरुको साथी बन्दै समस्याललाई हल गर्दै आइरहेको जनाएको छ ।

चाहे राहतको पोको बोकेर होस चाहे अवैधानिक हैसियतमा बसोबास गरेका नेपाली श्रमिकहरुलाइ नेपाली दूतावाससंग सहकार्य गर्दै नेपाल फिर्ति तथा उनीहरुको समस्यालाई काउन्सिलिङ वा विभिन्न समस्या परेकाहरुलाई नेपाल फर्किनका लागि आवश्यक प्रक्रियाको लागि सहयोग गर्दै आएको एनआरएनए कुवेतले जनाएको छ ।

यस्तै केही हप्ता अगाडि पनि महिला र बालबालिकाहरुलाई विशेष प्राथामिकतामा राखेर कोरोना भाइरसका कारण समस्यामा परेका केही महिला  र बालबालिकाहरुलाई उनीहरुको दैनिक उपभोगका सामान खरिदका लागि पनि आर्थिक सहयोग गरेको एनआरएनएले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य