२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए कुवेतले आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेको विवरण संकलन गर्ने

२०७७, ६ श्रावण मंगलवार ०४:३२

योगेन्द्र योगी | साउन ६, दोहा | गैर आवासिय नेपाली संघ (एनआरएनए) कुवेतले कोरोना भाइरसका कारण राेजगारी गुमाएर चार्टर्ड हवाइ उडान खुलेको बेला पनि टिकटको जोहो गर्न नसकी थप समस्यामा परेका नेपालीकाे नामवली संकलन गर्ने भएको छ ।

वास्तविक कम्पनी बन्द भइ स्वदेश फर्किन टिकटको व्यवस्था गर्न नसकी समस्यामा परेर बसेकाहरुले एनआरएनए कुवेतका जो कोहिलाइ सम्पर्क गरी आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको एनआरएनए कुवेतका आइसिसी सदस्य अमित चाम्लिङले जानकारी दिएका छन् ।

उनका अनुसार वास्तविक पीडितहरुको विवरण संकलन गरि आइसिसी महिला फोरमकी संयोजक भोमा लिम्बुलाई बुझाइने छ । उनी मार्फत वास्तविक समस्यामा परेका तथा आफ्नै खर्चमा टिकटको जोहो गरेर स्वदेश फर्कन नसकेकाहरुलाई सम्बिधित निकायको ध्यानाकर्षण गराई निशुल्क उद्दारको पहल गरिने चाम्लिङले बताए ।

एनआरएनए कुवेतले कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण कुवेतमा कार्यरत नेपालीहरुमा परेको प्रत्यक्ष असरलाई मध्यनजर गर्दै श्रमिकहरुको साथी बन्दै समस्याललाई हल गर्दै आइरहेको जनाएको छ ।

चाहे राहतको पोको बोकेर होस चाहे अवैधानिक हैसियतमा बसोबास गरेका नेपाली श्रमिकहरुलाइ नेपाली दूतावाससंग सहकार्य गर्दै नेपाल फिर्ति तथा उनीहरुको समस्यालाई काउन्सिलिङ वा विभिन्न समस्या परेकाहरुलाई नेपाल फर्किनका लागि आवश्यक प्रक्रियाको लागि सहयोग गर्दै आएको एनआरएनए कुवेतले जनाएको छ ।

यस्तै केही हप्ता अगाडि पनि महिला र बालबालिकाहरुलाई विशेष प्राथामिकतामा राखेर कोरोना भाइरसका कारण समस्यामा परेका केही महिला  र बालबालिकाहरुलाई उनीहरुको दैनिक उपभोगका सामान खरिदका लागि पनि आर्थिक सहयोग गरेको एनआरएनएले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण