२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईले लागू गर्यो नयाँ नियम, के के छन् पढ्नुहोस्

१० श्रावण २०७७, शनिबार ११:०९

साउन १०, काठमाडौँ । युएई सरकारले आफ्ना देशमा आउने अन्य देशका नागरिक हरुका लागि केहि नयाँ नियम लागू गरेको छ । यो अवस्थामा यदि तपाई युएई जाँदै हुनुहुन्छ भनें कोभिड १९ का कारण केहि नयाँ नियमहरु लागु भएका छन् जसका बारेमा थाहा पाउनु आवश्यक छ ।

सरकारले आगामी भदौ १ गतेदेखि अन्तराष्ट्रिय उडान खोल्ने निर्णय गरिसकेको छ । युएईले विहिवार गरेको घोषणा अनुसार यूएई आउने यात्रुले कोभिड-१९ को परिक्षण ‘पिसीआर’ गरी आउनु पर्ने भएको छ । भोलि २४ तारिकबाट लागु हुने गरी यूएई आउने यात्रुले यात्रा गर्नु अघि सम्बन्धित देशको एअरपोर्टमा एअरलाईन्सको ‘चेक इन’ डेस्कमा अनिबार्य ‘पिसीआर टेस्ट’ नेगेटिभ भएको रिपोर्ट पेश गर्नु पर्ने खालिज टाईम्सले लेखेको छ । 

यूएई सरकारले जारी गरेको नयाँ नियम अनुसार एअरलाईन्सले यात्रुको बोर्डिङ पास दिनु अघि पिसीआर टेस्ट भए नभएको जाँच गर्नेछन् । उक्त रिपोर्टको मान्यता यूएई आईपुग्दा ९६ घण्टा नकटेको हुनु पर्नेछ । रिपोर्ट नेगेटिभ भएको प्रमाणित भए मात्र यात्रा अनुमति पाइनेछ । साथै ती यात्रुहरुले यूएई सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी फारम ‘हेल्थ डिक्लारेसन फर्म’ समेत भर्नु पर्नेछ । युएई प्रवेश गर्ने वा ट्राञ्जिट भएकाहरुका लागि समेत पिसिआर अनिवार्य गरिएको छ । कोभिड फैलिन नदिन यस्तो व्यवस्था गरिएको युएईका सरकारी अधिकारीलाई उधृत गर्दै गल्फ न्यूजले समाचार लेखेको छ ।

यसैबीच युएईले सो मुलुक भ्रमण गर्ने हरेक पर्यटकले कोभिड १९ सँग सम्वन्धित स्वास्थ्य समस्या आइपरेमा सोको खर्च व्यहोर्ने उल्लेख सहितको यात्रा स्वास्थ्य बीमा अनिवार्य गरेको छ । तसर्थ सो प्रकारको बीमा नगरी पर्यटकका रुपमा युएई नआउन त्यहाँको सरकारी निकायले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य