२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतले अगष्ट १ देखि नेपालसहित २० देशमा उडान गर्ने

२०७७, १४ श्रावण बुधबार १४:५७

योगेन्द्र योगी। साउन १४, दोहा। कुवेतले अगष्ट १ तारिकदेखी अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने भएको छ । प्रारम्भिक चरणमा २० देशहरुमा औपचारिक रूपमा हवाई उडान सूचारु गर्न लागिएको कुवेत नागरिक उड्डयन निर्देशनालयले जनाएको छ ।

नागरिक उड्डयन निर्देशनालयलका अनुसार  कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालित एयरलाइन्सले नेपालसहित युएई, बहराइन, ओमान, लेबनान, कतार, जोर्डन, इजिप्ट, बोस्निया उडान गर्ने जनाएको छ । 

यसैगरी हर्जेगोविना, श्रीलंका, पाकिस्तान, इथियोपिया, संयुक्त अधिराज्य, टर्की, इरान, स्विजरल्याण्ड, जर्मनी, अजरबैजान, फिलिपिन्स र भारतमा उडान गर्ने कुवेतको हवाई परिवहन यातायात विभागका निर्देशक अब्दुल्लाह अल-राजीले जानकारी दिएका छन् ।

उनका अनुसार एयरलाइन्सहरुले समय तालिका र उडान समय चाँडै घोषणा गर्ने समेत जनाएका छन् । उडानमा गर्ने सबै यात्रुहरूलाई स्वास्थ्य प्रक्रिया र निर्देशनहरू पालना गर्न आह्वान गरिएको जनाएको छ ।  

कुवेतमा कार्यरत नेपाली श्रमिकहरुले घर फिर्तीको लागि टिकट नपाएको तथा पाएपनि महँगोमा टिकट खरिद गर्नु परेको गुनासो गरिरहेको बेला कुवेत सरकारले पुन: सूचारु गर्ने हवाई उडानले सयौ नेपाली कामदारलाई स्वदेश फर्किनमा राहत पुग्ने अनुमान गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण