२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन एयरलाइन्सका उडान कहिले छ ?हेर्नुहोस्

१४ श्रावण २०७७, बुधबार १५:०४

साउन १४, काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने चौंथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगस्ट ८ तारिखसम्मको उडान तालिका बनाएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले अगस्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ । यूएइको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेद्धा, मलेसियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ ।

हिमालयले पनि जुलाई ३० देखि अगस्ट ७ तारिखसम्म कुल १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ ।

कुन एयरलाइन्सका कति उडान ?

नेपाल एयरलाइन्स

जुलाई ३१ मा जापान र कुवेत

अगष्ट १ मा क्वालालम्पुर र कतार

अगष्ट २ मा जेद्धा र दुबई

अगष्ट ३ मा अस्ट्रेलिया र कतार

अगष्ट ४ मा दुबई र कतार

अगष्ट ५ मा रियाद र दमाम

अगष्ट ६ मा रियाद र दुबई

अगष्ट ७ मा रियाद र दमाम

अगष्ट ८ मा जेद्धा र दुबई

हिमालय एयरलाइन्स

जुलाई ३० र अगष्ट १ मा कुवेतमा दुई उडान

जुलाई ३१ मा चीनको कुनमिङ

जुलाई ३१ र अगष्ट ३ मा दोहा

जुलाई ३१, अगष्ट १,२, ३ र ४ मा अबुधाबी गन्तव्यमा चार्टड उडान

अगष्ट २, ३, ६ र ७ मा क्वालालम्पुर

अगष्ट ४, ५, ६ र ७ मा दमाम

नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्सले पनि जुलाई ३१ देखि ८ अगष्टसम्म चार्टर्ड उडान गर्नेछन् । जजीरा एयरले कुवेत, इत्तिहाद एयरले अबुधावी, एयर अरेबियाले सारजाह, फ्लाई दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् । सोही अवधिमा मालिन्दो एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ ।

यसअघि नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । दोस्रोपटक जुलाई १२ र तेस्रो पटक जुलाई २१ सम्म उडान गरेको थियो । हिमालयले जुन १६ देखि जुलाई १२ र जुलाई २१ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप विभिन्न चरणमा नेपाली स्वदेश फर्काइएको हो । अहिलेसम्म ३५ हजार भन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् ।

सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने निर्णय गरिसकेको छ । बन्दाबन्दीको झण्डै ५ महिनापछि हुने नियमित उडान एक तिहाइ संख्यामा मात्रै हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । रासस




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य