२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा समस्यामा परेका ३३ नेपालीलाई सृजनशील युवा समाजद्वारा खाद्यान्न सहयोग

२०७७, १५ श्रावण बिहीबार ०४:५२

योगेन्द्र योगी । साउन १५, दोहा।  कुवेतमा समस्यामा परेका ३३ जना नेपाली कामदारलाई सृजनशील युवा समाज कुवेतले खाद्यान्न सहयोग गरेको छ । कुवेतको अल राकिव कम्पनीमा कार्यरत अलपत्र नेपाली कामदारहरुलाई राहत लिएर सृजनशील युवा समाज कुवेतका अध्यक्ष पुस्कर धामी लगायत अन्य सदस्यहरु कोठामै आएको पीडितहरुले बताएका छन् । 

 काठमाडौँको सामाखुसीमा रहेको एसआरके नेपाल मेनपावर मार्फत बिगत १८ महिना अघि उनीहरु कुवेत गएका थिए । म्यानपावर कम्पनीले उद्धार गर्न आग्रह गरे पनि कुनै पहल नगरेकोले आफूहरुको अबस्था दयनीय बताउदै विभिन्न संचार माध्यममा खबर प्रकासित भएको तथा सृजनशिल युवा समाजले गरेको पहलको कारण म्यानपावर कम्पनीले र सम्बन्धित निकायले चासो राखेको उनीहरुले बताएका छन् । 


सृजनशील युवा समाजले पीडितहरुको समस्या कुवेतस्थित नेपाली दूतावासमा पुगेर राखेको समेत बताएका छन् भने पीडितहरुले लेवरकोटमा पनि उजुरी गरिसकेको जनाएका छन् । 

यसअघि पीडितहरुले कुवेतमा पाँच महिनादेखि कम्पनीले तलव नदिएको कारण आफूहरु समस्यामा परेको गुनासो गरेका थिए । कोरोना संक्रमण बढेपछि कुवेत सरकारले गरेको लकडाउनको बेला पनि कम्पनीले काम लगाएर पैसा नदिए उनीहरुको भनाइ छ । 

कम्पनी प्रसाशनले आज दिन्छु भोली दिन्छु दुई महिनाको एकै पटक दिन्छु भनेर झुक्याउने गरेको पीडितहरुले बताएका छन् । सप्लाईको काम बन्द भएपछि उनीहरुलाई कम्पनीले वेवास्ता गरेको हो । म्यानपावर कम्पनीले समस्या समाधानको लागि रोजगारदाता कम्पनीलागि आग्रह गरेको साथै कुवेतस्थित नेपाली दुतावासमा पनि जानकारी गराइसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण